५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा वीरगन्ज विश्व हिन्दु परिषद नेपालद्वारा शोभायात्रा
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार २१:५४:३९
१४ भदौ, पर्सा । विश्व हिन्दु परिषदको ५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ वीरगन्जमा मनाएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा परिषद पर्साले वीरगन्जमा भव्य रुपमा भगवान श्रीकृष्णको शोभायात्राको निकालेको छ ।
वीरगन्ज १० गहवाबाट निकालिएको शोभा यात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन गहवाको श्रीकृष्ण मन्दिरमा परिणत भएको थियो । शोभायात्रामा सहभागिहरुले भगवान श्रीकृष्ण, जय श्री राम, हर हर महादेव लगायत धार्मिक नारा लगाउँदै उत्साहपूर्वक यात्रा सम्पन्न गरेका थिए ।
शोभायात्रा सम्पन्न पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित एक सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले आज निकालिएको शोभायात्रा हिन्दु धर्मावलम्बीहरुको लागि ऐतिहासिक र गर्भको कुरा भएको बताए ।
समाजमा रहेको विभिन्न जातजातिका हिन्दु हामी एकआपसको सहोदर दाजु भाई नै हो, उनले भने, ‘ विश्व हिन्दु परिषदको दृष्टीमा कुनैपनि समुदाय सानो ठूलो छैन सब सम्मान रुपमा रहेको हुनाले आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दु समाज एकजुट हुनुपर्छ । ’
बैद्धिक सनातन धर्म यस्तो धर्म होे, जहाँ हामी आमालाई पुजा गर्छौ, ‘ नेपाल एउटा यस्तो पवित्र भुमि हो जहाँ हामी कन्यालाई पुजा गछौ महासचिव सिंहले भने, विश्वको ऐतिहासिक चिनारी पनि हो यसको संमरक्षण गर्न पनि हाम्रो कर्तव्य रहेको हुनाले सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सनातन धर्मको रक्षा गर्नुपर्छ । ’
वडा नम्बर १० का वडा अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा निकालिएको शोभा यात्रामा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
परिषदको कार्यालय एक कार्यक्रम विच आजै उद्घाटन गरिएको छ । वीरगन्ज गहवा स्थित भिमसेन मन्दिर अगाडी रहेको परिषदको कार्यालय विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पुजापाठ गरी उदघाट्न गरेका हुन ।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश जी, संघका जनकपुर सम्भाहक रन्जीत साह, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतको युवाहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार