तपाई पनि एनसेल सीम प्रयोगकर्ता हो ? यसरी ठग्छ है एनसेलले
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार २३:३४:२३
१४ भदौ, काठमाडौं । आयकरवापत अबौं रुपैयाँ छलेको विदेशी लगानीको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको फेरी अर्को काण्ड भण्डाफोर भएको छ । आफ्ना ग्राहकलाई जानकारी नै नदिई अवैध रुपमा एप्समार्फत ठगी गरेको प्रकरण खुलेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही गरेको हो ।
दुई वटा एप्सबाट मात्रै एक अर्ब ११ करोड रुपैयाँ एनसेलको सीम प्रयोग गर्ने ग्राहकलाई ठगी गरेको प्रमाणित भएपछि सो रकम फिर्ता गर्न प्राधिकरणको वोर्ड वैठकले निर्णय गरेको छ । गत साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले सर्वसाधारण उपभोक्ताबाट ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा पठाउन निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्णयलाई यही भदौ ४ गते शुक्रबार बसेको अर्को वोर्ड वैठकले प्रमाणिकरण गरेको छ ।
गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म एनसेलको सीम प्रयोगकर्ता ग्राहकहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाई गरेको थियो ।
एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी एनसेल प्रयोगकर्ताको रकम उनीहरूलाई थाहै नदिई अवैध रुपमा काटेपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो । यसमा एनसेलले चित्त बुझ्दो जवाफ नदिएपछि नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले एनसेललाई कारबाही गरेको हो ।
यसरी एनसेल प्रयोगकर्ता ग्राहकहरुको रकम फिर्ता गर्दा सोको विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना पठाउन पनि एनसेललाई निर्देशन दिएको छ । ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि सो निर्देशनमा भनिएको छ ।
एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरीसहितका भ्यालु एडेड सर्भिस सञ्चालन गरी के कति रकम आर्जन गरेको हो, सो को जानकारी पनि १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ।
यसअघि एनसेल प्रयोगकर्ताको मोबाइलबाट उनीहरूलाई थाहै नदिई ठगी गरेपछि एनसेललाई प्राधिकरणले अहिलेसम्मकै ठुलो कारवाही गरेको हो । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई आफ्ना ग्राहकलाई ठगी गरेको रकम फिर्ता गर्न निर्देशन दिएसँगै एनसेलको चोरी उजागर भएको छ ।
ग्राहकहरूको स्वीकृति बिनै अटो रिन्यु गरी रकम कटाएको उजुरी परेपछि प्राधिकरणले गठन गरेको छानविन समितिले एनसेलको ठगी प्रमाणित भएको थियो । यसलगत्तै प्राधिकरणले गत ०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो । एनसेलले ०७८ असार ३१ गते प्राधिकरणमा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि प्राधिकरणको बोर्ड बैठकले एनसेललाई कारवाही गरेको हो ।
टेलिकम कम्पनी सञ्चालन गर्नुअघि लिएको अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नै नलिई तथा निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरेउपर दूरसञ्चार ऐनको दफा ४७(१) र ४७(२) बमोजिम कारवाही गर्दा पनि पुनः प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै सेवा सञ्चालन गरेपछि प्राधिकरणको बोर्ड बैठकले एनसेललाई यति ठूलो कारवाही गरेको हो।
दुई वटा एप्सबाट मात्रै एक अर्ब भन्दा बढी ठगेको पाइएसँगै एनसेलले ग्राहकको जानकारी बिनै अटो रिन्यू गरेर अन्य एप्समार्फत पनि ठगी गरेको हुनसक्ने देखिएको छ । दुरसञ्चार क्षेत्रका जानकारहरुका अनुसार एनसेलले यस्ता करिब ९० एप्स तथा गेमहरू सञ्चालन गर्दै आएको छ । यसबाट उसले नेपाली जनतालाई अबौं रुपैयाँ ठगी गरिरहेकोले थप अनुसन्धान हुनुपर्ने माग गरिएको छ ।
दुरसञ्चार क्षेत्रका जानकारहरू एनसेलले अटो रिन्यू हुने यस्ता खालका एप्स चलाएर सर्वसाधारणको मोवाइलको ब्यालेन्स निरन्तर कटाएर अर्बौँ ठगी गरेको छ । दुई वटा एप्सबाटै यत्रो ठुलो ठगी हुँदा अन्य एप्सबाट पनि थप अबौं रकम ठगी भईरहेको हुनसक्ने अनुमान गरिएको छ।
प्राधिकरणले कारवाहीको निर्णय गर्दा एनसेलका अन्य एप्सहरूबाट पनि के कति कमाई गरेको हो ? सो को विवरण १५ दिनभित्र बुझाउन एनसेललाई निर्देशनसमेत दिएको छ । एनसेलले अन्य एप्सबाट समेत बदमासी गरेको हुनसक्ने भन्दै प्राधिकरणलाई थप अनुसन्धान गर्न समेत दवाव बढेको छ । एनसेलको ठगी प्रकरण सार्वजनिक भएसँगै ग्राहकहरूको गुनासो प्राधिकरणमा आउने क्रम बढेकोले प्राधिकरणले थप अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार