प्रधानमन्त्रीले दिए काठमाडौंका मेयरलाई फोहोर उठाउन निर्देशन
नेपालबहस संवाददाता
भदौ १४, २०७८ मंगलबार ०:३५:१०
१४ भदौ, काठमाडौैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई काठमाडाैंमा थुप्रिएकाे फोहर जतिसक्दो छिटो उठाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आवश्यक व्यवस्थापन गरेर छिटाेभन्दा छिटाे काठमाडाैंका सडक, गल्ली र घरघरमा थुप्रिएकाे फाेहाेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका हुन् ।
काठमाडाैंका सार्वजनिक ठाउँमा फाेहाेर थुप्रिएर शहर दुर्गन्धित भएपछि उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएका थिए । तत्काल फोहर उठाउन आवश्यक प्रबन्ध गर्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए ।
सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
अदालतको निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन सकिएन : प्रहरी
असार १७, २०८१ सोमबार