तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ १४, २०७८ मंगलबार ०:४५:५४
१४ भदौ, काठमाडौं । केही दिनदेखि परेको वर्षाका कारण तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको हो ।
तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।
पहिराले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । “सडक अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित भएको छ, निर्माण हुँदै गरेको सडकको धेरै ठाउँमा पहिरा खसेको छ”, उनले भनिन् ।
गत असारको सुरुमै यो सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो । झण्डै एक हप्तापछि पहिरा हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले लगातार परेको अविरल वर्षाले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिइन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्ज्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो पक्की पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार १४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।
पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । असारमा मात्रै निर्माण कम्पनीले रु एक करोडको क्षति भोगेको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए । अहिले सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको छ । उनका अनुसार चार ठाउँमा ग्याबिन जाली र चार किलोमिटर ग्राभेल बगाएको छ । “यसपालि पनि कम्पनीलाई रु एक करोडको हाराहारीमा क्षति भएको छ, क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “विवरण सङ्कलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
नारायणगढदेखि मुग्लिन हुँदै नागढुंगा सडकमा भोली बिहान ५ बजेसम्म सवारी चलाउन रोक
असोज १२, २०८१ शनिबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार