बेपत्ता दिवस कहिल्यै मनाउनु नपरोस् भन्ने लाग्छ: शोभा बि.सी.
नेपालबहस संवाददाता
भदौ १६, २०७८ बुधबार २०:३१:२४
भाद्र १६, कोहलपुर । द्वन्द्वपीडित एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा बि.सी.ले अबका दिनमा कहिल्यै आफूहरूलाई बेपत्ता दिवस मनाउन नपरोस् भन्ने लाग्ने गरेको बताएकी छिन् ।
११ औं बलपूर्वक बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा द्वन्द्वपीडित एकल महिला संजाल बाँकेद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
द्वन्द्वकालमा राज्य तथा तत्कालिन विद्रोही माओवादीबाट बलपूर्वक बेपत्ता पारिएका मानिसहरूको अवस्था अझै पनि सार्वजनिक नभएकाले त्यसको दबाब स्वरूप यो कार्यक्रमको आयोजना गरिएको बताएकी छिन् । आफ्नो परिवारका सदस्य अझै पनि फर्किएर आउँछन् कि भन्ने आसमा आफुहरू बसेको बताएकी छिन् । उनीहरू फर्किएर आउने आसलाई शक्तिमा बदल्न र सरकारलाई दबाब दिन बेपत्ता पारिएका परिवारलाई आँपको विरूवा वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले आफ्नो स्थानीय तहमा रहेका त्यस्ता बेपत्ता पारिएका मानिसहरूको अवस्था सार्वजनिक गर्नका लागि आफुहरूले खोजी गर्न र आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।
बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न सरकारलाई दबाब दिने उद्देश्य स्वरूप पनि यो कार्यक्रम आयोजना गरिएको संजालका उपाध्यक्ष बिन्दा खरेलले बताइन् । कार्यक्रममा करिब ८ जनाभन्दा बढिलाई विरूवा वितरण गरिएको संजालका सचिव विजया रोकायले बताइन् । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता जोशी तथा बेपत्ता परिएका घरपरिवारका सदस्यहरूको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोली पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार