विभिन्न स्थानबाट पेस्तोल सहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १६, २०७८ बुधबार २१:२६:४४
१६ भदौ, काठमाडौं । विभिन्न स्थानबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ६ स्थित बिधायक होटेलबाट मेड ईन युएसए लेखिएको म्याग्जिन सहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिन सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादब र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् । उक्त होटलमा हतियार सहित २ जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मोरङको कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई मेड ईन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र सशस्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट समेत खटिएको टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार