‘गोर्खा वारियर–२’ अक्टुबर १९ देखि फेरी छायांकन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २०:१५:०
![](https://nepalbahas.prixacdn.net/media/albums/gorkha-wariyar_20210304042539_rxqDdkJjG4.jpg)
१७ भदौ, काठमाडौं । चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी भागको छायांकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण यो चलचित्रको आधा भाग खिचेर निर्माण टिमले केहि समय छायांकन स्थगित गरेको थियो ।
चलचित्रका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको जानकारी दिए ।
केहि महिनाअघि काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको थियो । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर–२ छायांकन थालिएको थियो । गोर्खा वारियर–२ प्रदर्शनपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता तथा निर्देशक चाम्सले बताए ।
गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई चलचित्रमा उतार्न लागिएको उनको भनाई छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । चलचित्र नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।
चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
रितेस चाम्स नवनायकका रूपमा यो चलचित्रमार्फत डेब्यु गर्दै छन् ।
यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।
निर्देशक चाम्सले यो प्रोजेक्ट हालसम्मकै बढि आशा गरिएको र मिहेनत गरिएको प्रोजेक्टको रुपमा आफुले लिएको प्रतिक्रिया दिए । उनी हाल चलचित्र छायांकनका लागि आवश्यक केहि प्राविधिक समान ल्याउनका लागि लण्डन पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार