चीनले दिएको ३० लाख डोज खोप अस्वीकार
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २१:२६:२६
१७ भाद्र, काठमाडौं । उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । सिमा नाका बन्द, आवतजावतमा कडाइ र भाइरस नियन्त्रणमा सरकारले चालेका कडा कदमका कारण उत्तरलाई महामारीले असर गरेको छैन ।
उत्तरले खोप अस्वीकार गरेको यो पहिलोपटक भने होइन । खोपको नकारात्मक असर दर्शाउँदै जुलाईमा उसले एस्ट्राजेनेकाको २० लाख खोप लिन अस्वीकार गरेको थियो । चिनियाँ खोप प्रभावकारी नभएकाले उसले ती खोप अस्वीकार गरेको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीले जनाएको थियो । उत्तरले अहिले रसियामा बनेका खोपप्रति चासो देखाएको छ ।
पहिलो डोज सिनोभ्याक लगाएका थाइल्यान्ड, उरुग्वेलगायतका देशले शरीरको प्रतिरोध क्षमता बढाउन अर्को खोप दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार