विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा
नेपालबहस संवाददाता
भदौ १७, २०७८ बिहिबार २१:३७:५०
१७ भदौ, काठमाडौं । एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा परेको छ । यो फेस्टिभलका लागि संसारभरका सयौं चलचित्रकर्मीले आफ्ना सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी गराएका थिए ।
ग्रिसमा आयोजित उक्त फेस्टिभलमा ‘जुनको’ छनोट भएपछि उक्त चलचित्रका निर्देशक तथा लेखक मिन्सो लिम्बुले खुसी ब्यक्त गरेका छन् ।यो चलचित्रमा गरिमा सिंह पेला, सरिता गिरी र सुवासले अभिनय गरेका छन् । जुनकोलाई नीरज भुसालले खिचेका हुन् । राकेश शाह यसका सहायक क्यामेराम्यान छन् ।
राजेन्द्र मोक्तानको कलर रहेको चलचित्रलाई पासाङ देवा सेर्पाले सम्पादन गरेका हुन् ।उक्त फेस्टिभलमा छनोट भएपछि एभरेष्ट फिल्म एकेडेमीले खुसी ब्यक्त गरेको छ ।
‘यो खुसी हाम्रा लागि मात्र होइन समग्र नेपालीका लागिपनि हो’, एकेडेमीका अध्यक्ष सुनील थापाले भने, ‘अझ नेपाली चलचित्रकर्मीका लागि त झनै विशेष खुसीको खबर हो ।’फेस्टिभल आगामी सेप्टेम्बरको १२ देखि १८ सम्म ग्रिसमा आयोजना हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार