टेलिकमको आग्रह : मोबाइलमा भएका अनावश्यक एप हटाउनुस्
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार १२:२०:२६
१८ भदौ, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।
यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कल नहुने भए पनि कम्पनीका ग्राहक वर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।”
टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिचन्द्र फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार