तानसेनमा अक्सिजन उत्पादन सुरु

नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार १३:३६:४

१८ भदौ, काठमाडौं । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।
तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो ।
जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि घरमै लैजानसमेत अक्सिजन पर्याप्त भएको अध्यक्ष पाण्डेयले बताए ।
इञ्जीनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रतिमिनेट रहेको जानकारी दिए । अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने श्रेष्ठले बताताए । प्लान्ट ४० किलोवाट क्षमताको हो । बुष्टर ठूलो राख्दा प्रतिदिन १०० सिलिण्डरमा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।
अस्पतालका मेसु डा जगदीश कुँवरका अनुसार अक्सिजनका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनले पहिला बुटबल, नारायणगढलगायत स्थानमा पुगी अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए । कोरोनाको दोस्रो लहर आउँदा अक्सिजनको अभावमा बिरामी र आफन्तले सास्ती खेपेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार