‘डा. बद्री केसीको नेतृत्वले एनआरएनए अभियान सशक्त हुन्छ’- डिबी क्षेत्री
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार १८:११:०
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा दसौं महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा बद्री केसीसँग काम गर्दा आफ्ना मुद्दाहरुको सुनुवाइ हुने बताए।
नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले ७र८ वर्षदेखि काम गर्दै जाँदा कामबाट प्रभािवत भएरै डा. केसीसँग नजिकता रहेको बताउनु भएको हो।
उनले भने, ‘कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन। तर काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरुको साथ माग्दै जाँदा बद्री केसीसँग मेरो नजिकता छ, भोलि कोको आउनुहुन्छ त्यो हेर्न बाँकी छ।’
डा केसीसँग वैदेशिक रोजगारका मुद्दा, हजारे अभियानलगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मुद्दाहरुको सुनुवाइ हुनेमा विश्वस्त छन।
सोही सन्दर्भमा उनले ‘म उम्मेद्वार हो। म उम्मेद्वार हुँ र तपाईको मायाले जित्नेछु’ भन्दै आफू एनआरएनको उपाध्यक्षको प्रत्यासी भएको पनि बताए।
यस्तै, बहसमा तपाई बद्री केसीको उम्मेद्वार हो भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म आधिकारिक रुपमा कसैको चर्चा छैन तर म गैर आवासीय संघको एउटा सशक्त टिममा रहने छु।’
अनलाइनमार्फत भएको सो बहस कार्यक्रममा आफू बन्धुवा मजदुरको समयका मानिस नभई आफ्नो हक अधिकार र विचार मिल्ने नेतृत्वतिर लाग्न पाउनु पर्ने उनले जिकिर गरे। ‘हामी बन्धुवा मजदुरका समयका मानिस होइनौं। हामीसँग हाम्रो अधिकार छु,’ उनले भने।
आफ्नो राजनीतिक धार जुनसुकै भएपनि गैर आवासीय नेपाली संघमा राजनीतिलाई हाबी हुन नदिने दाबी गरे।
उनले भने, ‘गैर आवासीय नेपाली संघमा मैले राजनीतिलाई आफ्नो तर्फबाट हस्तक्षेप हुन दिँदैन।’
अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार