सीमा नाकामै कोरोना विरुद्धको खोप लगाइदै
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार २०:११:५
१९ भाद्र, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।
सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्त्रजेनेका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।
‘एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ’ उनले भने, ‘हालसम्म भारतबाट फर्कने ३०० जना भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।’
सीमा नाकामा पहिलो खोप लाउनेले दोस्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।
खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार