विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार पक्राउ
नेपालबहस संवाददाता
भदौ १९, २०७८ शनिबार १५:४३:१४
१९ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।
कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो ।
यस्तै दुई थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्न सामग्री मोटरसाइकलका विभिन्न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
चोरीका मोटरसाइकलमध्ये चार वटा काठमाडौँका विभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए । निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताए ।
चोरीका मोबाइलसहित दुई जना पक्राउ
पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उनीहरुले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक तीन वर्ष कैद र रु ३० हजार जरिवाना दाबी गिएको उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार