आज एक हजार २६८ मा संक्रमण, नौ व्यक्तिको निधन
नेपालबहस संवाददाता
भदौ १९, २०७८ शनिबार २३:२०:५५
१९ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा संक्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३१ हजार ८२६ रहेका छन् ।
दुई हजार १९५ निको
संक्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ ।
आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।
नौ जनाको निधन
संक्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । संक्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५५४ जना सघन उपचारकक्ष ‘आइसीयू’, १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार