वरिष्ट ब्युटिसिनय सोनी कारंजितद्वारा पियोर स्टाइलिस्ट ब्युटी होम उद्घाटन
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार १६:२४:१८
२० भदौ, काठमाडौं । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर नयाँ आउटलेटका साथ ललितपुरको कुमारी पाटीमा खोलिएको छ । यो पार्लर यस अघि यस अघि ललितपुरको नटोलमा रहेको थियो । यो नयाँ आउटलेटलाई चर्चित ब्युटिसियन रिना अवालेले स्थापना गरेकी हुन् ।
वरिष्ट ब्युटिसियन सोनी कारंजितले शनिबार मध्यान्नमा पाटनको कुमारीपार्टीमा खुलेको नयाँ आउटलेट पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरिन् ।
वरिष्ट ब्युटिसियन सोनी कारँजितले उद्घाटनका क्रममा रिना यस अघिको पार्लर भन्दा अहिलेको पार्लर सुविधा सम्पन्न भएको भन्दै यसले कस्टमरलाई अझ बढी सुविधा दिने बताईन् । रिना आफैंमा सफल र प्रतिभाशाली ब्युटिसियन भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।
रिना बिगत लामो समयदेखि हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिक उत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सबैकुराले सुविधा सम्पन्न रहेको पनि उनले बताईन् । अबै सबैलाई ब्युटी सम्बन्धि सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एड्भान्स, डिप्लोमा तालिमा लिन यही पार्लमा पनि उनले अनुरोध गरिन् ।
यस्तै बरिष्ट ब्युटिसियन रुस्का श्रेष्ठले पानसमा बक्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गरिन् । ब्युटिसियन रिना अवाले ब्युटी क्षेत्रमा आफ्नो विधार्थी रहेको र विधार्थीले यती भव्य र सुविधा सम्पन्न पार्लर खोलेर प्रगति गर्दा आफुलाई साह्रै खुसी लागेको रुस्काले बताईन् ।
सो उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रचना महर्जन शाक्य, रेणु रानामगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए । सो उद्घाटन पछि पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट तर्फबाट केही व्यक्तलाई सम्मान गरिएको थियो । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका सहयोगी, विज्ञापनदातालाई मायाँको चिनो प्रदान गरिएको थियो । सोही क्रममा १० औं वर्षको अबसर पारेर काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलता सेलिबेसन गरियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार