डेढ महिनादेखि कृषि ज्ञान केन्द्र प्रमुखविहीन
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार १७:३६:५४
२० भदौ, लमजुङ । कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो ।
प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए । यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौं गएको छ ।
उनले आफू दुई महिना लामो तालिममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी दिए । कार्यालय प्रमुखसहित विभिन्न पदका कर्मचारी नहुँदा विभिन्न सेवाबाट बञ्चित हुँदा किसान निराश बन्न थालेका छन् । कृषि क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ हेर्दै समस्याका समाधान गर्नुपर्ने यहाँका किसानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार