गभर्नरको राजीनामा मागेसँगै बजारमा लाग्यो सर्किट ब्रेक (कम्पनीको सुचीसहित)
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार २०:११:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/share-bazar_pPL8IMpCV7.jpg)
२० भदौ, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेसँगै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नकारात्मक सर्किट लागेको छ । बजार खुलेकाे २ घण्टा बित्न नपाउँदै बजार पाँच प्रतिशतले घटेपछि सर्किट लागेको हो । बजार १४७.३१ अंक घटेर २७७९.६८ विन्दुमा आएर बन्द भएको छ ।
पछिल्लो एक वर्षको समय अवधिमा यो नेप्सेमा यो दोस्रो पटकको नकारात्मक सर्किट ब्रेक हो । नेपालको शेयरबजारको इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो गिरावट आजको बनेको छ । यसअघि एकैदिन १२३ अंकले बजार घटेर नेगेटिभ सर्किट लागेको थियो । २०७७ पुष ५ गते बजारमा ९७ अंकको गिरावट आएको थियो ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४ं.८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु. सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।
के हाे सर्किट ब्रेक ?
सर्किट ब्रेकको नियमअनुसार नेप्सेमा कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ ।
हेर्नुहोस नकारात्मक सर्किट ब्रेक लागेका कम्पनीको सुची
सर्किटका समय पनि कमाउने कम्पनी
किन मागियो गभर्नको राजीनामा ?
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले उनको राजीनामा मागेका छन् । शेयरबजारमा लगानी गर्न आएका रामकृष्ण ढकालको संयोजकत्वमा पूँजीबजार सुधार संघर्ष समिति बनेकाे छ । सोही समितिले गभर्नर अधिकारीको राजीनामालाई मुख्य माग बनाएको छ । संघर्ष समितिले विभिन्न १५ बुँदे माग राखेका छन् ।
संर्घष समितिले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका मागहरु राखेका छन् । गभर्नर अधिकारीले भने बजारमा ठुला लगानीकर्ताले गर्ने इन्साइडर ट्रेडिङलाई रोक्न, साना लगानीकर्ताको हितमा, लगानीको वातावरण कायम राख्नेलगायतका उद्देश्यराखी बजारमा केही नीतिगत सुधारका कामहरु गरिएको बताइसकेका छन् ।
के छ त लगानीकर्ताका माग ?
१. नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरि विभिन्न समय समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पूँजीबजार अगाडि बढ्न सकिरहेको छैन् । त्यसकारणले गर्भनरज्यूको यथाशिघ्र राजीनामाको माग गर्दछौं ।
२. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गरियोस् ।
३. मौलिक हक अन्तर्गतको सम्पत्तिको हकमाथि प्रहार गरि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको छ । मौद्रिक नितिमार्फत समग्र पूँजी बजारको बिकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गरियोस ।
४. लघुवित्त कम्पनीहरुले २०५ भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०५ भन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गरियोस् ।
५. १५ बाट १।३५ हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १५ नै कायम गरियोस् ।
६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि १२० दिनको औषत मुल्य कायम गरियोस् ।
७. अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि टोटल लेन्डिङ फन्डमा समावेश गरियोस् ।
८. कोभिड–१९को महामारीले गर्दा पछाडी परेको समग्र अर्थतन्त्रलाई राहत पुग्ने गरि मुद्दती निक्षेप ब्याजदर न्यून भन्दा न्यून कायम गरियोस् ।
९. बैंक तथा वित्तिय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरि जारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नुपाउने पुरानै व्यवस्था कायम गरियोस् ।
१०. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१ वा ०.५ अथवा फ्ल्याट रेटमा झारियोस् ।
११. बृहत आर्थिक चलखेल गरि साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको बुक बिल्डिङ तत्काल खारेज गरि रु.१०० पिएआर भ्यालु मा आइपिओ जारी गर्ने व्यवस्था मिलाइयोस् ।
१२. ५० कित्ता भन्दा कम आइपिओ को आवेदन दिन नसकिने भन्ने किसिमको नया एवम् कम पूँजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्ण रुपमा रोक्न त्यसता कदम नचालियोस् ।
१३. दिनहुँ रुपमा बढिरहेको पूँजी बजारको आकार र पूँजी बजार प्रतिको आकर्षणलाई मध्य नजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गरियोस् ।
१४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, बिक्रि गरेको शेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरुमाथि यथाशिघ्र नियन्त्रण गरियोस र यस्ता ब्रोकरहरुको ब्रोकर लाइसेन्स खारेज गरियोस् ।
१५. एफटिआइ, एफडिआइ, र एफपिआइ लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाइयोस् । टिएमएसमा ट्रेडिङ टाइममा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले समाधान गरियोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजारमा आज सामान्य अङ्कको वृद्धि, चार अर्बको कारोबार
असार ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्दा पाँच अर्ब माथिको कारोबार
असार १०, २०८१ सोमबार
नेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको खरिदबिक्री
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार