जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार २३:२९:४९
२० भदौ, जुम्ला । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ ।
जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेश जिल्ला कार्यासमितले बताएको छ । बाँकी दुई वडामा पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको पार्टी सचिव कार्मा बुढाले बताए ।
जुम्लाका ६० वडामध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन गर्दा एक वडालेमात्रै महिला नेतृत्व पाएको छ । राज्यले राजनीतिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर, जुम्लामा ६० मध्ये ५८ वटाको नेतृत्व चयन हुँदा महिला एकजनामात्र परेकी छन् । तिला गाउँपालिका २ की सीता रावत वडा सभापतिमा चयन भएकी हुन् ।
जिल्ला सभापतिको लागि रस्साकस्सी
नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ । २७ भदौमा गाउँपालिकास्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार