नकारात्मक सर्किट लागेको दिन १४ वटा धितोपत्रको शेयरमुल्य बढ्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार १:५:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Down-bazar_79l1awMWAy.jpg)
२० भदौ, काठमाडौं । धितोपत्र बजारमा आज नकारात्मक सर्किट लागेपनि १४ वटा धितोपत्रको शेयरमुल्य भने बढेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स ९.९७, मनकामना स्मार्ट लघुवित्त ४.०२, गुराँस लघुवित्त १.९४, गुडबिल फाइनान्स ऋणपत्र १.९३ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.७६ प्रतिशतले कमाए ।
आज कमाउनेहरुको मुल्य ०.०१ देखि ९.९७ प्रतिशत बढेको छ । आज डिवेन्चर ३, इन्स्योरेन्स २, लघुवित्त २ फाइनान्स २, मिच्युअल फण्ड ४ र एउटा हाइड्रपावरको शेयरमुल्य बढेको छ ।
कारोबारमा आएका अधिकांश कम्पनीको १० प्रतिशतका दरले मुल्य घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै कारोबार शुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुनेक्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।
कारोबार शुरु भएको एक घण्टामा नै झण्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशत बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ बिन्दुमा ओर्लिएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ बिन्दुले घटेर ५२२.०१ मा ओर्लेको छ । कूल २२३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४४.५१, व्यापार २१६.६४, होटल तथा पर्यटन १६१.२, विकास बैंक ३९४.८, जलविद्युत् २१६.९५, वित्त २३९.०८, निर्जीवन बीमा ५१९.४६, उत्पादन १७५.३२, अन्य ८३.१५, लघुवित्त १६२.९५, जीवन बीमा ५११.७८, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.८५ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ३३ लाख ३० हजार २०८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३० करोड १९ हजार ६२ हजार ४७५, नेपाल बैंक रु २५ करोड ३१ लाख ९६ हजार १०३, नबलि बैंक रु २४ करोड ६५ लाख ४४ हजार ५७९ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रु २१ करोड ९१ हजार ५१ हजार तीन बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नारायाणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, हिमालउन ऊर्जा विकास कम्पनी, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजारमा आज सामान्य अङ्कको वृद्धि, चार अर्बको कारोबार
असार ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्दा पाँच अर्ब माथिको कारोबार
असार १०, २०८१ सोमबार
नेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको खरिदबिक्री
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार