कांग्रेसको वडा अधिवेशनः गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार ०:४०:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepali-Congress-akhabarnepal_aPDOiIE2cb.jpg)
२० भदौ, पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले गण्डकीका ११ मध्ये नौ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन भएका छन् भने दुई जिल्लामा सोमबार हुँदै छ ।
७५९ वडा रहेको गण्डकीमा नवलपुरका ९२ र बागलुङका ८५ वटाबाहेक सबैजसो वडाको नतिजा आइसकेको छ । धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृतहरूले बताएका छन् । पोखरा-२० को अधिवेशन बाढीपहिरोका कारण २२ भदौका लागि सारिएको छ । नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।
‘बाढीपहिरोले गाउँ छिर्न समस्या छ । अहिले पनि तीनवटा गाउँपालिकाका मतदान अधिकृतलाई हिँडाएरै पठाएका छौँ’, उनले भने, ‘२१ गते नै सबै वडाको नतिजा आउँछ । धेरैले सर्वसम्मत चयन गर्छन् ।’
सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ । मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ । यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ ।
१४औँ महाधिवेशनमा मनाङ कांग्रेसले नेपालमै सबैभन्दा पहिलो सभापति दिएको हो । शंकर गुरुङलाई सभापति बनाउने निर्णय गरिएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । ‘हाम्रोमा कहिल्यै मतदान गर्नुपर्दैन सर्वसम्मत रुपमै पार्टी चल्छ’, उनले भने, ‘सानो जिल्ला छ । मतदानमा गयो भने झन् विभाजन हुन सक्छ । त्यसैले सहमतिमै नेतृत्व हस्तान्तरण हुन्छ ।’ उनका अनुसार सबै पालिकाको नेतृत्व पनि करिव सहमति नजिक छ । यहाँको वडा तहमा सर्वसम्मत नेतृत्व टुंग्याइएको हो ।
पोखरा- २६ मा पुनस् मतदानको माग
पोखरा-२६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका छन् ।
‘दुई जना जिल्ला सचिव भएको वडा हो यो । तर, यहीँका क्रियाशील सदस्यले वडा चुनावबारे थाहै पाएनन्’, एक सदस्य सुदीपराज ढुंगानाले भने, ‘यो अधिवेशनको निर्णय हामीलाई मान्य छैन । चुनाव पुनः हुनुपर्छ ।’ वडाका आठ जना क्रियाशील सदस्यहरूले केन्द्रीय कार्यसमिति र निर्वाचन समितिलाई बोधार्थ पठाएर उजुरी दिएका हुन् ।
वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै विभिन्न पालिकामा दाकेदारी प्रस्तुत हुन थालेका छन् । केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने कसैले आन्तरिक लविइङ गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा