अछामका १२ जनप्रतिनिधिले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार १:३६:५
२० भदौ, अछाम । अछाममा हालसम्म १२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन कार्यालय पुगेर आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।
साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । ‘अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गर्नुभएको छु, निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले भने । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् ।
साँफेबगर नगरपालिकामा एमालेबाट विजयी आठ वटै वडा अध्यक्षहरूले भने मूल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।
अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा एमालेमै रहेका छन् ।
राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजिसकेक छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार