कांग्रेसको वडा अधिवेशनले युवा राजनीतिमा आकर्षित
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार २:३२:५७
२० भदौ, म्याग्दी । म्याग्दीका वडामा भएको नेपाली कांग्रेसको अधिवेशनले युवालाई नेतृत्वमा पु¥याएको छ । चौधौँ महाधिवेशनअन्तर्गत शुक्रबार म्याग्दीका छ स्थानीय तहको ४३ वटा वडामा चयन भएका कार्यसमितिका सभापतिमध्ये १६ जना ४५ वर्षभन्दा कम उमेरका छन् । म्याग्दीमा कांग्रेसको वडा अधिवेशनले युवालाई राजनीतिमा आकर्षित गराउँदै नेतृत्व विकासमा सहयोग पुगेको छ ।
नेपाल जेसिजका पूर्वअध्यक्ष धनञ्जयकुमार श्रेष्ठले जिल्लाको एक तिहाइ वडामा युवा नेतृत्वमा पुग्नुलाई युवाको राजनीतिप्रति चासो नभएको भनाइलाई गलत सावित गरेको बताए । माओवादी केन्द्रले ४० वर्षभन्दा कम उमेरका रेशम जुग्जालीलाई हालै जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । नेकपा ‘एमाले’का नेताले पनि पार्टीका विभिन्न तहमा युवालाई नेतृत्वमा ल्याउन जोड गरेका छन् ।
एमाले सम्बद्ध युथफोर्सको जिल्ला अध्यक्ष भएर काम गरेका हिक्मत श्रेष्ठले युवाले राजनीतिमा निरन्तररूपमा इमान्दारिताका साथ जिम्मेवारी पूरा गरेमा अवसर पाइने कांग्रेसको वडा अधिवेशनले सन्देश दिएको बताए । “म्याग्देली युवा वैचारिक हिसाबले पनि सक्षम छन् भन्ने कांग्रेसको वडा अधिवेशनले सन्देश दिएको छ”, उनले भने, “अन्य पार्टीले पनि युवालाई नेतृत्वमा ल्याउने हो भने पक्कै पनि राजनीतिमा सुधार आउने थियो ।”
रघुगङ्गा गाउँपालिका–१ को वडा सभापतिमा निर्वाचित सूर्य गर्बुजा म्याग्दीमा कांग्रेसका सबैभन्दा कम उमेरका वडा सभापति हुन् । छब्बीस वर्षीय गर्बुजा म्याग्दी कांग्रेसको हालसम्मको सबैभन्दा कम उमेरमा वडा तहको नेतृत्वमा पुग्ने व्यक्ति भएका नेताले दाबी गरेका छन् ।
अन्नपूर्णको शिखका अर्जुन चोचाङ्गी, रघुगङ्गाको चिमखोलाका प्रदीप पाइजा, पाखापानीका भेषकुमार शेरपुञ्जा, बेनी नगरपालिकाको घतानका सुवर्ण खत्री, सिंगाका सुमन बानियाँ, धवलागिरिको मुदीका योगेन्द्र घर्ती ३५ वर्षभन्दा कम उमेरका हुन् ।
दानाका सुरत केसी, घारका कृष्णप्रसाद बरुवाल, मालिकाको निस्कोटका भवहादुर पुन, देविस्थानका भकबहादुर घर्ती, धवलागिरिको मराङका योगेन्द्र गुरुङ, मल्कवाङका अमर छन्त्याल र ताकमका थमबहादुर पुन पनि ४५ वर्षभन्दा कम उमेरका छन्।
बेगको वडा सभापतिमा निर्वाचित गर्बुजाले राजनीतिलाई विधिमा चलाउन आफू अघि बढेको प्रतिक्रिया दिए । “आठ वर्षदेखि तरुण दलको राजनीतिमा थिए । काठमाडौंमा स्नातक तहसम्मको अध्ययन गरेर गाउँ फर्किएपछि सामाजिक गतिविधिको नेतृत्व गर्ने अवसर पाए”, उनले भने, “विकास निर्माण र सामाजिक काममा अन्य साथीबाट पाएको सहयोग र सुझावअनुसार पार्टीको नेतृत्व लिएको हो । राजनीतिसँगै पढाईलाई पनि स्नानतकोत्तर तहसम्म पु¥याउने सोचमा छु ।”
म्याग्दीका ४५ वटामध्ये ४१ वडामा सर्वसम्मत र दुई वटामा मतदान प्रक्रियाबाट पदाधिकारी, कार्यसमिति सदस्य र प्रतिनिधिय चयन भएका हो । नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले क्रियाशील सदस्यता नवीकरण गरेकाको नामावली अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको बताए । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रीय समितिमा पहल गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश