४५ हजार बराबरको अखाद्य मासु जफत
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार २:४५:४०
२० भदौ, जुम्ला । जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंको नेतृत्वको टोलीले अव्यवस्थित रूपमा संचालन भएका मासु पसल अनुगमन गरेको छ ।
अनुगमनका क्रममा ४५ हजार रुपैयाँ बराबरको अखाद्य मासु जफत गरिएको चौलागाईंले बताए ।पहिलो पटक कारबाही नगरी व्यवसायीलाई सुझाव दिइएको चौलागाईंले जानकारी दिए । ‘हामीले यसअघिको अनुगमनमा खुला नालामाथि माछा-मासु बिक्री नगर्न भनेका थियौँ । व्यापारीले नै अटेर गरेपछि जफत गर्न बाध्य भएका छौँ’, उनले भने, ‘सडेको गलेको मासु खुला रूपमा बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याउने हुँदा उपभोक्ताको हकहितका लागि हामीले अनुगमन गरेका हौँ ।’
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग जुम्ला, उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय, नागरिक समाज, उद्योग बाणिज्य संघलगायतको संयुक्त बजार अनुगमन टोलीले आइतबार बजारका छवटा मासु पसललगायत १८ वटा पसलमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा तीनवटा मासु पसलमा सडेर किरा परेको मासु बिक्री वितरण गरेको पाइएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग जुम्लाका प्रमुख अमृत सुमन भुसनले बताए । उनका अनुसार ६९ हजार ७४० रुपैयाँको सामान नष्ट गरिएको छ । त्यसमध्ये ४५ हजार रुपैयाँको सडेको मासु जफत गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार