एनआरएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः उपाध्यक्ष डा. केसी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार १७:८:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/nrn-1_6m5gJOUnZ4.jpg)
२१ भदौ, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन्।
एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका मुद्दाहरु कार्यान्वयमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गरे।
‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरुप दिन र विदेशमा रहेका नेपालीको बौद्धिक लगानी नेपालमा पुर्याउनका लागि म प्रतिवद्ध छु,’ डा. केसीले भने, ‘त्यसैका लागि पनि मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ।’
विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गराउनका लागि आफूले पहल गर्ने केसीको भनाइ।
एनआरएनएमा स्थानपनाकालदेखि नै आवद्ध केसी सन् २००७ मा एनआरएनए रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।
त्यसपछि उनी २००९ र २०११ मा केन्द्रीय सदस्य भएका थिए भने सन् २०१३ मा कोषाध्यक्ष भए। २०१४ मा जापानको टोकियोमा भएको सम्मलेनमा एनआरएनएको आर्थिक व्यवस्थापनका लागि डा। केसीले दशवर्षे योजना ल्याएका थिए।
सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन विस्तार भएको थियो। २०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा निकै सक्रिय छन्। कोरोना महामारीविरुद्ध लड्न राहत सामग्री पठाउने तथा वितरण गर्ने कार्यका लागि सक्रिय केसीको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको सम्बन्ध सुदृढ पार्ने भूमिका पनि उल्लेखनीय छ।
वैदेशिक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएर अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता रही आएको छ। केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन्।
लामो समयसम्म एनआरएनएका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण अध्यक्ष पदका लागि केसीको उम्मेद्वारी निकै सशक्त देखिएको छ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेका ८४ वटा देशमा हाल एनआरएनएको संगठन छ। तीमध्ये ६४ वटा देशमा राष्ट्रिय समन्वय परिषद्को चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको केसीले बताए। उनका अनुसार ती देशबाट ३४ सयभन्दा बढी डेलिगेट्सहरु चयन भइसकेका छन्।
एनआरएनएको नयाँ केन्द्रीय कार्य समिति चयन गर्न अक्टोबर दोस्रो साता निर्वाचन हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार