रातभरको वर्षाले उपत्यकाका विभिन्न सडक जलमग्न
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार १९:४७:५७
२१ भदौ, काठमाडौं । आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भए । काठमाडौंमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ ।
उपत्यकामा अरु धेरै ठाउँमा जमेको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित पालिकाले खुलाइरहेका छन् । भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । सडक विभागले सडक बनाउँदा छेउमा बनाउने ‘साइड ड्रेन’ सानो हुँदा सडकमै पानी जम्मा भएको पाइन्छ । उनले भने, “त्यसलाई पानी जान सक्ने गरी बनाउँदा सडक डुब्न पाउँदैन ।”
उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पसेको छ ।
उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ ।
उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचना निर्माणको जिम्मेवारीको कुन निकायको हो भनी स्पष्ट भए पनि मर्मतको जिम्मेवारी कसको हो भनी अन्र्यौल हुँदा बर्सेनि यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा हुने र त्यसले सडक पानीले भरिने गरेको छ ।
ढल जाम हुनेलगायत समस्या आउँदा केयुकेएलले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ । त्यसबाहेक सम्बन्धित महानगरपालिका र नगरपालिकाहरुले पनि आ–आफुसँग भएका उपकरणमार्फत सडक खुलाउने गर्छन् । कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोला सडक र बस्तीसम्म पुग्ने गरेको छ ।
काठमाडौँ महानगरपालिकामा भीमसेनस्थान जाने पुलमा विष्णुमति थुनिएर खोला बाहिर बगेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सो करिडोरको निर्माण महानगरपालिकाले गरिरहेको भए पनि कल्भर्ट पुल पहिले सडक विभागले बनाएको थियो । भीमसेनस्थानमा एक फिट माथिसम्म पनि खोलाको लेदो सडक र पेटीहरुमा रहेको छ ।
उनले भने, “महानगरपालिकाले त्यो पन्छाउन पहल गरिरहेको छ ।”ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको हो । विभागले खासगरी सङ्घीय सडकमा र स्थानीय सडकमा सम्बन्धित पालिकाहरुले ढल निर्माण गर्छन् । तीन तहका सरकार कसले ढल बनाएको छ भन्ने अर्कोलाई थाहा नहुँदा र ढलहरुबीचको जडानमा समस्या हुँदा सडक पानीले भरिने गरेको छ ।
स्थानीयवासी पनि कुन निकायलाई उजूरी गर्ने भन्नेमा अन्योलमा छन् । ललितपुर, इमाडोलका रमेश श्रेष्ठ यस क्षेत्रमा बर्षेनि पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताउछन् । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको छ ।
उनले भने, “तत्काल पानी हटाउने मात्रैभन्दा दीर्घकालीन रुपमा समस्या समाधान गर्न खाँचो छ ।” कुन सडकमा कसले ढल निर्माण गर्ने भन्ने नै स्पष्ट छैन । सडकका विषयमा आठ मिटर वा त्योभन्दा बढी चौडा सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ ।
कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गे नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन ।
ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौं उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ ।
मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजिकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानीले ढलको समस्या अझै बढ्नसक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ । फोहरपानीको व्यवस्थापनका लागि निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुह्ेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार