संखुवासभा हत्या प्रकरणः अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार २१:५:२४
◊ भविन कार्की
२१ भदौ, संखुवासभा । मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ ।
आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।
५२ बर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार