प्रजिअलाई गृहमन्त्रीको टेलिफोन : “बाढी, पहिरो प्रभावितलाई राहत दिनु”
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार १:२०:३३
२१ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर बाढी, पहिरो प्रभावितलाई राहत दिन निर्देशन दिएका छन् । आज सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिँदै उनले सो निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाँणले प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् ।
रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन गरेर बर्सातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । प्रजिअ सापकोटाका अनुसार रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
त्यस्तै मन्त्री खाँणले काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिए । प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुङ्गे पुलमा असर पु¥याएको जानकारी गराएका थिए ।
उनले ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नक्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका थिए । कारागारमा आइतबार अपराह्न चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको मन्त्री खाँणलाई जानकारी गराएका थिए ।
मन्त्री खाँणले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रजिअ शिवराम गेलाल र भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईसँग पनि बाढी, पहिरो र डुबानको असरबारे जानकारी लिएका थिए । उनीहरूले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाँडले सबै प्रजिअहरूलाई प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिएका थिए ।
आजै मन्त्री खाँणलाई मोरङमा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत बिरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रजिअ कोषहरि निरौलाले जानकारी गराएका थिए ।
त्यस्तै सङ्खुवासभामाको मादी नगरपालिका–१ उमलिङमा एकै घरपरिवारका छ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रजिअ टेकनारायण पौडेलले जानकारी गराएका थिए । प्रजिअ पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, आठ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार