आउँदो बुधबारदेखि पाटन दरबार सङ्ग्रहालय खुल्ने
नेपालबहस संवाददाता
भदौ २१, २०७८ मंगलबार ४:२२:२७
२१ भदौ, ललितपुर । पाटन दरबार क्षेत्र मंगलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराए ।
दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरु तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, “मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरेका थियाै ।” आगन्तुकबाट उठेको रकमले कार्यालयमा कार्यरत कर्मचारीका साथै भित्र लाग्ने व्यवस्थापन खर्च जुटाउन सहयोग पुग्ने भएको लाखेको भनाइ छ ।
मुलुकमा कोभिड भित्रिनुअघि दैनिक लगभग चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको लाखेले जानकारी गराए । “यस समय प्रत्येक दिन आधा स्वदेशीका साथै यसै सङ्ख्यामा बाँकी विदेशी पर्यटकले समेत सङ्ग्रहालय अवलोकन गर्ने गर्थे”, उनले थपे।
चार महिना अघिदेखि बन्द रहेको पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधँैजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ ।
सो क्षेत्रमा मुलुकमै शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ ।
पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरुको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो शहरका रूपमा परिचित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार