बा ! म तिम्रो नामबाट मात्र पुर्ण छु, यो नै मेरो शान हो !
कुसुम सेञ्चुरी
भदौ २२, २०७८ मंगलबार १२:४५:४५
पुजनीय बा ! ढोक छ, यहाँ हामी स-कुशल छौ, त्यहाँ तिमी पनि आरामै छौ होला भन्ने कामना गर्दछु । यो सम्झना स्वरुप पत्र लेख्नुको कुनै कारण थिएन तर आजको दिन बुवाको मुख हेर्ने दिन हाे, त्यसैलाई तिमीलाई पत्र लेखे बा ।
आजकाे दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । तर बा ! तिमी यसमा परेनौ । न त तिमीलाई कल गर्न मिल्छ ? तर पनि मुटुभरिको अटुट माया र सदा आर्शीवाद सरह पाइरहुँ । यही बिन्ती छ बा !!
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचीअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ तर पनि म अप्रत्यक्ष रुपमा तिमीलाई सदा सम्झिरहेको छु बा !!
तिमीलाई थाहा छ, बा ! आजको दिन बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् तर तिमी त मेरा लागी सदा अम्मर छौ । त्यसैले मनदेखि सम्मान गर्दै धेरै सम्झेको छु बा तिमीलाई ।
भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् । मलाई याद छ, तिमीले पनि कुश चाहिन्छ भन्दै घरमा लिएर राख्ने गरेको ।
बा ! म तिम्रो नामबाट मात्र पुर्ण छु, यो नै मेरो शान हो । तिमीलाई थाहा छ, करिअर बनाउने दौडमा बाबाआमादेखि छुट्टिएर बसेका कतिपय सन्तान फादर्स डे, मदर्स डे मा इन्टरनेटको सहाराले जोडिने प्रयत्न त गर्लान्, तर त्यसपछाडिको असन्तुष्ट र निन्याउरो अनुहार कसैगरी लुकाउन सकिँदैन । समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाबुवाप्रतिको श्रद्धा र महत्व उही उचाइमा छ जसलाई व्यक्त गर्न सामाजिक सञ्जाल अपूर्ण छन् ।
तर आफ्नो अभिभावक जति नै टाढा भए पनि मायामा भने कहिलै कमी हुँदैन । मैले जीवनमा प्रेम लिन सिकेँ, दिन सिकेँ, सन्तुष्ट हुन सिकेँ, दुःखका बीच हाँस्न सिकेँ, बाँडेर खान सिकेँ, अप्रत्यक्ष नै भए पनि जे सिकेँ यी कुराहरू मैले मैले तिमीबाट मात्र सिके बा ।
बा ! तिमी मबाट निकै टाढा छौँ, तर यो कुरा लिएर सन्तृष्ट हुन्छ कि ‘जे गर्दै छु म मेरो सुन्दर भविष्यको लागि सपना बुन्दै छु । अरूको बुवा देखेर मलाई बा तिम्रो याद आउछ, पीडा हुने कुरा त यथावत् छ तर ती पीडाहरूका बीच मलाई हरेक परिस्थितिसँग सामना गर्ने आत्मबल तिम्रो आशीर्वादले सदैव मिलिरहोस । यही कामना गर्छु ।
बा ! तिमी र आमाबिना आफ्नो अस्तित्व सोच्न पनि असम्भव लाग्छ मलाई । यदि तिमीहरुले जन्म नदिएको भए म आज यो पृथ्वीमा हुने थिइनँ । सानो छँदा मैले गल्ती गर्दा बुवाले गाली गरेर आमालाई कराएको अझै याद छ मलाई ।
बा ! तिम्रो महानता पनि त्यस्तै छ । बा ! नै संसारका छोरीहरूका लागि सच्चा नायक हुन् तिमीले मलाई भनेका थियौ । यसो सम्झिँदा आजभोली मलाई लाग्छ मेरा प्रत्यक्ष यादहरू त धेरै छैनन्, तर जति छन ती मेरो नलेखिएका जीवनका किताबहरूमध्ये एउटा सुन्दर अध्याय बनेर रहेका छन् बा !
मलाई पाठ सिकाउने, मभित्र साहस भरिदिन अगाडि बढ्न’पर्छ भनेर हिम्मत दिने मेरो बा ! लाई सलाम छ । आजको दिनमा म युवापुस्तालाई भन्न चाहन्छु, आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमा बुवाहरुलाई छोराछोरीले अंश र सम्पत्तिका लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । ‘कुमालेको चक्र’ जस्तै हाम्रो जिन्दगी घुमिरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन् आजका युवापुस्ताले ? यो गम्भीर प्रश्न बनेको छ ।
बा ! तिमीले भनेका थियौ नि हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ । म तिम्रो रीस देखेर म सानोमा डराउथे बा !!, सायद मैले बुझिन त्यो तिम्रो प्रेम थियो ।
आखिर विश्वासको कुरा न हो ! मुन्धुममा भनिएको छ अरे, चोला फेरिएको मान्छेले सातौँ आकाशभन्दा नि माथि सुम्निमा–पारुहाङ बस्ने फलैँचामुनि बस्न पाउँछ ! र, यही सुखातीत विश्वासको भर गरेर प्रियजनको स्थायी वियोग झेल्ने आँट गरिरहेका हुन्छौँ, हामी साधारण मान्छे !
‘सदालाई छुट्टिएर गए पनि हाम्रा प्याराहरू आकाशमाथिको त्यो पवित्र थलोमा गजधम्म बस्दै, जीवन–जगतको झ्याउलोदेखि पर मोक्षलाई प्राप्त भइबसेका’ ठानेर मन बुझाउन कस्सिन्छौँ । अनि ढुक्क हुँदै धर्तीमा आफ्नो दिनगन्तीको हिसाब भुलेर अर्थोक अर्थोक कुरामा बिन्दास अलमलिइरहेका हुन्छौँ । तर अरू कुरा जेजसो भए पनि यो मन बुझाउने मेसो चाहिँ, मान्छेले दुःख र पीडालाई पछार्दै अघि बढ्न सकोस् भन्ना खातिर प्रकृतिले व्यवस्था गरिदिएको मेन्टल मेकानिजम्को एउटा पाटो हो भन्छ, मनोविज्ञान सूत्रले ! होला र त, संकटको घडीमा आँटबलले भ्याएसम्म मुकाबिला गर्दै जीवनलाई घिसार्दै अघि बढिरहेको हुन्छ मान्छे ! बा !! म पनि यहि गर्दै अगाडि बढिरहेको छु बा !!
‘आमा सत्य हुन् भने बाबु विश्वास, आमा धर्ती हुन् भने बाबु आकाश !’ हिन्दू धर्मशास्त्रले बाबुआमाबारे खुट्याइदिएको यो सुन्दर हरफप्रति मेरो पटक्कै विमति छैन । साथै २०७४ असार आसपास सामाजिक सञ्जाल र पत्रपत्रिकामा राम्रै स्थान ओगटेको, कवि नीरा शर्माको ‘बा’ कविताको अंश ‘आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्न’ ले पनि मलाई द्रविभूत तुल्याउँछ बा !!
बा ! तिमी ससाना पीडा व्यथा मलाई नभनि संसार छोडेर गएको नि धेरै बर्ष भयो । हुन त सायद त्यो मजबुरीको विम्ब थियो ! कहीँकतै भवितव्यको चक्रव्यूहमा पर्दा, प्रेमको बान्की र प्रभाव अनन्तसम्म यथावत नरहँदो रैछ, मुनामदन– लैजामजनुँ – रोमियो जुलियट र जुलियस सिजर अपवाद लाग्छन् मलाई बा ।
म आज म जहाँ छु तिम्रै त्याग माया र हौसलाले यहाँसम्म आएकी छु बा ! जिन्दगीका अनेक रूप र छटाको स्वाद चाख्ने मौका दिलाइदिएकोमा बाप्रति अनुगृहित छु । कतिपयले आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्’ पंक्ति देख्दा-सुन्दा, झल्याँस्स हुन्छु कि कतै मैले पनि बुवाको सम्झना र स्नेहलाई स्मृतिपटलमा पुग्दो स्थान दिन कन्जुस्याइँ गरिरहेँ कि त ?
२०७४ चैत ४ गते बाले सधैँलाई धर्ती छाडेर बादलपारीको देश जानुभएको पाँच वर्ष हुन्छ । बालाई शिरमा सुम्निमा–पारुहाङकै थान्कोमा राखेर मनभरि हुँदै यो बेला मैले केवल यति शब्द–श्रद्धाञ्जली अर्पण गर्न सकेँ । बा !!
त्यसैले आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफूले दुःख, कष्ट र यथेष्ट पीडा सहँदै भोकै बसेर भए पनि निरन्तर संघर्षको बाटोमा पसिना बगाइरहने सबै बाहरूलाई कोटीकोटी नमन !!!!
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार