सुदुरपश्चिममा नेकपा एस पार्टी सबैभन्दा ठूलो दल, बाग्मती र प्रदेश १ मा मूख्यमन्त्री ढाल्नसक्ने हैसियत
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १६:१२:३२
२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आज २२ गतेसम्म दल रोज्ने समय दिदा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादी पार्टीलाई ५४ जना प्रदेश सभासदले रोजेका छन् । प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनीधिहरुले विभाजित दल रोज्न पाउने आज समय रहेका बेला हिजोसम्ममा नेकपा एमालेबाट निर्वाचित ५४ जना प्रदेश सभा सदस्यहरुले नेकपा एकिकृत समाजवादी रोजेका हुन् । सात प्रदेशमा एमालेबाट निर्वाचित २३३ प्रदेशसभा सदस्यमध्ये पूर्व प्रधानमन्त्री माधव नेपाललाई ५४ जनाले साथ दिएका छन् ।
माधव नेपाललाई संघीय संसदमा ३० जनाले मात्रै साथ दिएको बेला प्रदेश सभामा भने उनको पक्षमा उल्लेख्य रुपमा सहयोग गरेका छन् । एकिकृत समाजवादी पार्टी सुदुरपश्चिममा सबैभन्दा ठूलो दल भएको छ । नेपालले सुदुरपश्चिम, प्रदेश २, बाग्मतीमा धेरै सांसद लगेका छन् । सुदुरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको हो । गण्डकी प्रदेशमा माधव नेपालसँग एक जना पनि प्रदेश सांसद गएनन भने लुम्बिनीमा भने एक जनाले साथ दिएका छन् । बागमती र प्रदेश १ मा एमालेको सरकार ढाल्न प्रयाप्त संख्या बनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले एमालेमा १० बुँदे कार्यन्वयन गर्न आनाकानी गरेपछि सुदुरपश्चिम प्रदेशका धेरैजसो जनप्रतिनीधिहरुले एमाले छाडेका हुन् । माधव नेपाल छाडेर एमालेमै बसेका मध्यमार्गी धारका नेताका कारण एमाले प्रदेश १ र वागमतीमा ठूलो क्षतिबाट जोगिएको भएपनि सुदुरपश्चिममा भने त्यो क्षति कम भएन । भीम रावल समेत एक्लिएका छन् । प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । पार्टी विभाजनपछि नेकपा एसमा १० जना गएका छन् । भीम आचार्य र योगेश भट्टराई एमालेमै रहेका कारण ९ जना प्रदेशसभा सदस्य विभाजनको विपक्षमा उभिएका थिए । प्रदेश २ मा प्रदेशसभातर्फ एमालेलाई ठूलो क्षति भएको छ । माधव नेपालले नेतृत्व गरेको सो पार्टीमा १३ जना सांसद गएपछि एमालेमा ८ जनामात्र रहेका छन् ।
बागमती प्रदेशमा पार्टी विभाजनको असर देखिएको छ । अष्टलक्ष्मी शाक्यको सरकारलाई अल्पमतमा पारिसकेको भएपनि मूख्यमन्त्रीमा कांग्रेसले दावी गरेका कारण नेकपा एस पार्टी दोधारमा रहेको छ । ५६ जनामध्ये १३ जना प्रदेशसभा सदस्यले नेकपा एसलाई साथ दिएका छन् । काभ्रेका दुवै क्षेत्रका सांसदले गोकुल बाँस्कोटाको साथ छाडेका छन भने नेपाल पक्षको गढ रहेको सिन्धुपाल्चोकमा नेपाललाई घाटा लागेको छ । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अरुण नेपाललगायतका नेता एमालेमै रहँदा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, काठमाडौं, ललितपुर, सिन्धुलीलगायतका जिल्लाका नेताहरु पार्टी विभाजनको विपक्षमा रहेका छन् ।
गण्डकी प्रदेशसभामा २७ जना सांसद रहेको एमालेमै रहेका छन् । नेकपा एमालेका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य रहेको लुम्बिनीमा घनश्याम भुसाल, गोकर्ण विष्ट, युवराज ज्ञवालीलगायतका नेता एमालेमै बसेपछि धेरै जनप्रतिनिधि र नेता कार्यकर्ताले एमालेमै रहने भएका छन् । कर्णालीमा प्रकाश ज्वाला लगायतका ४ जनाले यसअघि नै फ्लोर क्रस गरेर सांसद पद गुमाइसकेका छन् ।
थप तीनजनाले विभाजनको पक्षमा उभिएका कारण एमालेको सांसद संख्या १३ मात्रै रहेको छ । एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनाले नेकपा एस रोजेका छन् । संघीय संसदका ७ जना लिएर ओली छाडेका आलेले प्रदेशसभामा पनि नेकपा एसलाई एमालेभन्दा ठूलो बनाउन कम्तीमा ४ सांसद थपेका छन् । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टी छाड्ने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले आज एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोजी सक्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार