एसपी सरूवाः कोही जान नमान्ने, कोही जान पाउ भन्दै शक्तिकेन्द्र धाउने !
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २०:२७:१६
२२ भदौ, काठमाडौं । लागुऔषध तस्करी र पत्रकारलाई लागुऔषध राखेर फसाउन खोज्ने एसपी सिद्धविक्रम शाह छानविनको क्रममा तानिएपछि त्यहाँ अर्को एसपी जान मानेका छैनन् । प्रहरी प्रधान कार्यालयले तीन जना एसपीलाई पठाउन खोजेपनि उनीहरुले जान आनाकानी गरिरहका छन् ।
पत्रकारको मोटरसाईकलमा लागुऔषध राखेको बिषय विवादमा तानिएपछि रौतहटका एसपी शाहलाई हेडक्वाटर बाेलाइयाे । त्यहाँ नयाँ एसपी पठाउन प्रहरी प्रधान कार्यालयले खोजेको तर प्रधान कार्यालयले पठाउन चाहेको एसपी जान मानेका छैनन भने अन्य केही एसपीहरु भने आफू जनाका लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।
अहिले रौतहट प्रहरी प्रमुखबिहिन भएको छ । ‘रौतहटमा दुई जना एसपी विवादमा परेपछि केही राम्रा भनिएको अफिसर्सलाई पठाउन खोजेको उहाँहरुले जान्न भन्नु भयो तर केही एसपी भने मन्त्रालयलतिर धाउन थालेको पाइयो’, प्रधान कार्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार जिल्ला प्रहरी प्रधान कार्यालय रौतहट पठाउनका लागि प्रहरी प्रधान कार्यालयले दुई जना एसपीलाई जान भनेको थियो । तर उनीहरुले जान नमानेपछि गृहमन्त्रालयमा केही एसपीले आफूहरु जान पाउनुपर्यो भन्दै सचिवसँग लविङ गरिरहेको स्रोतको दावी छ ।
एसपी सिद्धिबिक्रम शाहलाई हटाएपछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा डीएसपी नारायणप्रसाद चिमोरियाले निमित्त भएर काम चलाउँदै आएका छन् । डीएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्ला काण्डमा छानविनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारले माग गरेका थिए । तर उल्टै उनलाई त्यहीको निमित्त जिम्मेवारी दिइएको छ ।
एसपी शाहलाई एसएसपी कृष्ण महतको संयोजकत्वमा छानविन भैरहेको छ । ‘रौतहटमा पठाउन खोजेका जान मानेनन, पठाउन नखोजेकाहरु शक्तिकेन्द्रमा धाइरहेका छन्’, स्रोतले भन्यो । एसपी शाह भन्दा पहिला रौतहटमा रहेका अर्का एसपी रवीराज खड्का समेत विवादमा तानिएर हेडक्वाटर पुगेका थिए ।
एक बर्षमा दुई जना एसपी रौतहटमा विवादमा परेपछि अरु राम्रा एसपीले रौतहट जान नमानेको स्रोतको दावी छ । एक दलित युवाको प्रहरी हिरासतमा प्रहरीको कुटाईबाट ज्यान गएको बिषयमा सो बेलाका एसपी खड्का समेत समय नपुग्दै रौतहट छाडन् बाध्य भएका थिए ।
गत साउन ३२ गते रौतहटको सदरमुकाम गौरस्थित ग्रीनसिग्नल होटल अगाडी पार्किङ्ग गरिराखेको पत्रकार मोहम्मद मोजिबुल्लाको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लान्ट’ (राखेको) सीसीटिभी फुटेजबाट प्रमाणित भएपछि छानविनको लागि एसपी शाहलाई प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएको हो ।
प्रहरी प्रधान कार्यालयले घटनाको अध्यन र छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय छानविन समिति बनाएको छ । समितिमा कानूनी शाखाका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार