जातिवाद: कति घातक कति सार्थक ?
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १९:७:२२
शहरमा बसेर जातिवादको कुरा गर्न सजिलो छ । त्यहाँ उपभोक्तावाद छ र व्यक्तिवाद पनि त्यत्तिकै छ । त्यसैले शहरमा व्यक्ति आत्मकेन्द्रित हुन्छ, तर गाउँ एक्लो जातिको टापु भएर बस्न सक्दैन ।
आगो र पानी मागेर काम चलाउने संस्कृतिमा हुर्किएको सम्बन्ध छ हामी नेपालीसँग । जुनसुकै जातिको किन नहोस्, हामी आपसमा बाबा, काका, दिदीबहिनी, फुपू, दाइभाइ आदि भनेर आत्मीय नाता गाँस्छौँ ।
नातामा परेन र अलि टाढाको रहेछ भने मितेरी लगाउँछौँ । जे नाता लगाए पनि नाताको माया लाग्न थाल्छ । सञ्चो–विसञ्चो क्षेम–कुशल सोध्छौँ । भेट हुँदा खाना खानु भो ? भनेर खाए–नखाएको सोध्छौँ । घरमा भेट भयो भने खाना खाएर जानुस् वा आज यतै बसौँ भन्छौँ । यो सम्बन्ध चटक्कै चुँडाल्न सम्भव छैन । यी साना कुरा होलान्, तर एकताका सूत्र हुन् ।
हाम्रा कतिपय आदिवासी जनजाति अधिकारकर्मी वा संगठनकर्ताहरूले यो कुरा बुझेनन्, बुझ्न सकेनन् (वा बुझ्न चाहेनन्) । काठमाडौँतिरका बुद्धिजीवीहरू कुरा नबुझेरै यस विषयका विज्ञ भएका छन् । विदेशी दातृ निकाय र आई.एन्.जी.ओ.हरूका खास रुची र लक्ष्य के हो सबैले बुझ्न सकिएको छैन ।
त्यसैले हाम्रो आदिवासी–जनजाति आन्दोलन सामाजिक धरातलीय यथार्थभन्दा बाहिर पुगिसकेको छ । पहिचानका कुरा गर्ने दल, नेता र संघ–संस्थाहरू क्षणिक स्वार्थका लागि समाजमा वैमन्यस्यताको बीउ रोप्नतिर लागेका छन् । कसैलाई कुनै कुरामा चित्त बुझेन भन्दैमा सिँगो समाज नै भाँडिनुपर्ने ?
हिजो चर्का जातिवादी कुरा गर्नेहरू अथवा जातीय पहिचानका कुरा गर्नेहरू आज खुला रुपमा यही एजेण्डा लिएर गाउँ जान सकेका छैनन् । जनतालाई यसबारेमा स्पष्टसँग बुझाउन पनि सकेका छैनन् । जहाँ जे भन्दा फाइदा भइहाल्छ, त्यहीँ गोलमटोल् तरिकाले गरिरहेका छन् । किनभने जनमत जातीयताको विपक्षमा छ । निर्वाचन परिणामले त्यही सन्देश दिँदै आएको छ ।
अझ अहिले त अन्तरजातीय विवाहको क्रम बढिरहेको छ र समाजमा यो क्रमलाई सबै जातजातिबाट सहज रुपमा लिन थालिएको पनि छ । शिक्षाको अवसर व्यापक हुँदैछ । राज्यव्यवस्थामा आदिवासी जनजातिको समावेशीकरणमा धेरै प्रगति भएको छ । तर प्रगति भएको कुरा केही नगर्ने, खाली नकारात्मक कुरा मात्र उधिनेर समाजलाई भाँड्ने, द्वन्द्व र वैमनस्य बढाउने काम भइरहेको छ ।
बुद्धिजीवीले यथार्थ ज्ञान पाउन गाउँमा जानुपर्छ । राजनीतिकर्मीहरूले पनि साँचो राजनीति गर्ने हो र जनताकै मुद्दा उठाउने हो भने पनि गाउँ नै जानुपर्छ । पश्चिमा शिक्षाका ठेलीले मात्र हाम्रो गाउँ र समाजलाई बुझिँदैन । मुलुकको वस्तुपरक यथार्थ गाउँ नगई बुझिँदैन । शहरमा बसेर एकलकाँटे कुरा गरेर जनताको वास्तविक भावना समेटिदैन ।
हरेक पटकका निर्वाचन परिणाम हेर्दा पनि स्पष्ट हुन्छ, जहिले पनि नेपाली जनमत जातीयताको विपक्षमा उभिएको छ, र मलाई लाग्छ, यसैगरी उभिनेछ । क्षणिक रुपमा जातीय भावनाको प्रयोग गर्न सकिन्छ । केहीलाई बहकावमा लगाउन पनि सकिन्छ । तर त्यो नेपाली समाजले खोजेको राजनीतिक गतिविधि हुँदैन । सैद्धान्तिक पनि हुँदैन, खाली भावनात्मक हुन्छ । भावना त एकछिनमा एउटा हुन्छ, अर्को छिनमा अर्को । त्यसैले सैद्धान्तिक राजनीति दिगो हुन्छ भने भावनात्मक राजनीति क्षणिक । जातीयताका यी क्षणिक फोकाहरू संक्रमणमा देखिए । अब बिस्तारै हराउँदैछन्, थिग्रिँदैछन् ।
हिजो चर्का जातिवादी कुरा गर्नेहरू अथवा जातीय पहिचानका कुरा गर्नेहरू आज खुला रुपमा यही एजेण्डा लिएर गाउँ जान सकेका छैनन् । जनतालाई यसबारेमा स्पष्टसँग बुझाउन पनि सकेका छैनन् । जहाँ जे भन्दा फाइदा भइहाल्छ, त्यहीँ गोलमटोल् तरिकाले गरिरहेका छन् । किनभने जनमत जातीयताको विपक्षमा छ । निर्वाचन परिणामले त्यही सन्देश दिँदै आएको छ ।
(इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको इतिहास विभागका प्राध्यापक थेवे छोटो टिप्पणीमा सटिक र घतलाग्दा विचार विश्लेषण प्रस्तुत गर्नमा दखल राख्नछन् । नेपालबहसलाई प्राप्त यो छोटो आलेखले पार्टी सिद्धान्तको स्थानमा जातीयता बढेको परिप्रेक्ष्यमा जनजाति समुदायभित्रबाट यस्ता विचार उदाहरणीय रुपले उठेका यथार्थलाई वाणी दिएको छ ।—सं.)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार