मादीमा ६ जनाको वीभत्स हत्या घटना अझै रहस्यमय
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १७:४२:१८
२२ भदौ, संखुवासभा । संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स हत्या घटना अझै रहस्यमय नै रहेको छ । सोमबार बिहान ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । तर, घटना सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि अझै रहस्यम नै देखिएको हो ।
तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीले न्युज कारखानालाई बताए ।
उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ । अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
सामूहिक हत्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।
घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो ।
तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको थियो ।
तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार