जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १८:८:३५
२२ भदौ, काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधरमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै, नवलपरासीको देवचुली नगरपालिका-१७ स्थित मणिराम महतोको कुमारवर्ती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतो समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता, तनहुँको ब्यास नगरपालिका-४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङ समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार