छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १८:२०:४४
२२ भदौ, काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका-३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् । कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ५ सय ८५ नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सप्तरी रुपनी गाउँपालिका(६ बस्ने १९ वर्षीय शुरेश खङ्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता मोरङ, बेलबारी नगरपालिका-८ बलुही बस्ने ७४ वर्षीय भबिलाल सहनीलाई करिब ७ केजी ४ सय ४५ ग्राम अबैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्याल बिराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङगला बस्ने २६ वर्षीय मोहन लाल कहार र सोही उपमहानगरपालिका(७ बस्ने २३ वर्षीय अबेस जोलाहलाई ९ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उता कञ्चनपुर, भिमदत्त नगरपालिका-३ बिचपुरीस्थित हरेन्द्र चौधरीको खुद्रा पसलबाट करिब ५ सय ९८ ग्राम अबैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सोमबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट भाँसीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा कचौरा र पलाष्टिकमा पोका पारी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरको हो । साथै सोही पसल पछाडि खैरो हेरोइन सेवन गरिरहेको अवस्थमा फेला पारी सोही ठाउँ बस्ने २५ वर्षीय करन चौधरी, २७ वर्षीय अजय चौधरी र २७ वर्षीय दिनेश कुँवरलाई २ सय मिलिग्राम खैरो हिरोइन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार