संखुवासभा हत्या प्रकरणः अनुसन्धानका लागि ६ जनाको शव धरान लगियो
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २०:१४:१६
२२ भदौ, संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ ।
धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ । सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज सुवेदी घटनास्थलमै रहने भएका छन् ।
हत्या गरिएको २४ घन्टापछि मंगलबार बिहानदेखि अनुसन्धान सुरु भएको छ । प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगेको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालको टोली शव लिएर फर्केको हो ।
सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । उनका ८५ वर्षीय बाबु बौद्धमान कार्की भने सकुशल छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार