देउवाकै गृहजिल्लामा धाँधलीः आरजुले छोराको नाम राख्दा जिल्ला सभापतिकै नाम हट्यो
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २१:९:४०
♦शेर भण्डारी
२२ भदौ, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । डडेल्धुराका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु हुन सकेको छैन।
आइतबार राति नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको छ।
सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ । कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएका नाम हटाइएको छ।
वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको जानकारी उनले दिए । उनले जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको बताए ।
कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर पाँच हजार आठ सय चारजनाको सूची सिफारिस गरेको थियो । जसमध्ये चार सय ४४ जनाको नाम छानविन समितिले हटाएर पठाएको छ।
जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लकी आमाको नामसमेत सूचीबाट हटाइएको छ । नाम हटाइनेमा सभापति मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्वनगर सभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायत छन् ।
कांग्रेसमा विधि र पद्धतिगत ढंगबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप गरेर नाम नै हटाइनु दुखद भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । आफूहरूले सिफारिस नै नगरेका दुई सय ८१ नयाँ सदस्यको नाम माथिबाटै राखिएको उपसभापति करुणाकर भट्टले बताए।
सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नामसमेत हटाइएको छ । देउवापुत्र जयवीरसिंह देउवासहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएको छ।
केन्द्रीय सभापतिलाई आफ्नै जिल्ला सभापतिको चिन्ता
पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीनजना आकांक्षी छन् । जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन् । परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका साउद कांग्रेस सभापति देउवानिकट हुन् । उनलाई देउवा पत्नी आरजु देउवा राणाको पनि समर्थन छ ।
यस्तै, जिल्ला पार्टी सभापति मल्लको समूहबाट करुणाकर भट्टको नाम चर्चामा छ । डडेल्धुरामा तेस्रो धारको नेतृत्व तहमा रहेका हरिप्रसाद पनि सभापतिको दौडमा छन् । उनी पेशाले अधिवक्ता हुन्। सभापतिका आकांक्षी तीनैजना आ–आफ्नो पक्षधर नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
कांग्रेस सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले आरोप लगाए । उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्योल उत्पन्न भएको जिकिर गरे।
क्रियाशील सदस्यतामा उत्पन्न विवादका सन्दर्भमा नेपाली कांग्रेस डडेल्धुराले मंगलबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको र बैठकको निर्णयानुसार अघि बढने जिल्ला सभापति कर्ण मल्लले जानकारी दिए। क्रियाशील सदस्यता वितरणमा भएको अन्यायका कारण तीव्र असन्तुष्टि रहेकाले सातौं जिल्ला अधिवेशन सुनिश्चित हुन नसकेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार