धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २१:५८:११
विजय चौहान
२२ भदौ, वीरगन्ज । पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् ।
विन्दवासनी गाउँपालिका–१ गर्दौलका रहमान मिया धोवीले मौसमले साथ दिएकाले यस वर्ष चाँडै धान रोपे पनि अगहनी धानको बिरुवामा रोग र कीरा लागेपछि चिन्ता थपिएको बताए । ‘पहिले बढी पानीका कारण खेतमा लगाइएको बीउ मरेर गयो र पछि फेरि बीउ लगाई रोपाइँ सम्पन्न गरेपछि रोग र कीराले धानको बिरुवा नै नष्ट गर्न लागेको छ,’ उनले गुनासो गरे ।
तीन बिघामा लगाइएको सोना मुन्सुली र १५ कठ्ठामा लगाइएको बास्मती धानको बिरुवामा रोग र कीरा लागेको उनको भनाइ छ । बहुदरमाई नगरपालिका भौराटाँरका किसान श्रीनारायण महतोले रोपिएको मन्सुली धानको बिरुवाको जरा तथा पात्त पहेंलो भई बिरुवा नै सुक्न थालेको बताए ।
पर्सामा यस वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान रोपिएको छ । रोपाइँ भएकामध्ये ७० प्रतिशत धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
पर्साका १४ वटै पालिकामा २४ हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको सोना मन्सुली र बास्मती धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । यो प्रकोप पर्साको विन्दवासनी, धोवनी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका र बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिकामा देखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार