विकास बैंकहरूले बढाए व्यापारः एक सातामै थपियो एक अर्ब ४० करोड निक्षेप
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २२:२५:०
२२ भदौ, काठमाडौं । विकास बैंकहरूले भदौ महिनाको पछिल्लो एक सातामा तीन अर्ब ७३ करोड रुपैयाँले व्यापार बढाएका छन् । एक सातामा १५ वटा विकास बैंकहरुमा एक अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप थपिएको छ । यस अवधिमा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवै बढेको छ ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको तथ्यांकमा कर्पोरेट डेभलपेमन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको वित्तीय विवरण भने समावेश छैन ।
तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले १८ भदौसम्मको एक सातामा ४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सो अवधिमा ४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो साता ४ अर्ब २९ अर्ब रुपयाँ थियो भने निक्षेप ४ खर्ब ८७ अर्ब रहेको छ । गत १८ असोजसम्ममा विकास बैंकहरुले निक्षेप संकलन अघिल्लो साताको तुलनामा ०।२९ र कर्जा ०।८७ प्रतिशतले बढेको देखिएको छ ।
सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप ४ खर्ब १६ अर्ब छ भने कर्जा ३ खर्ब ६५ अर्ब रहेको छ । यस अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ६६ करोडले बढेको छ भने कर्जा ३ अर्ब ३७ करोड रुपैयाँले बढेको देखिएको छ ।
क्षेत्रीय स्तरका विकास बैंकहरुको कर्जा प्रवाह भने १८ भदौसम्ममा ३६ करोड रुपैयाँले बढेको पनि देखिएको छ । तथ्यांकअनुसार क्षेत्रीय स्तरका विकास बैंकहरुको निक्षेप ७२ अर्ब १७ करोड रहेको छ भने कर्जा लगानी ६७ अर्ब १७ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.५४ प्रतितशले बढेको छ ।
त्यस्तै, १२ भदौसम्ममा १५ विकास बैंकहरुले ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँमा कर्जा प्रवाह गरेकोमा १८ भदौसम्म ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०.९३ प्रतिशतले बढेको छ । यो अवधिमा कर्जा प्रवाह ३ अर्ब ३७ करोड रुपैयाँले बढेर ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार