फिल्म नहुँदा हलहरू सञ्चालनमा आउन सकेनन्
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २२:४३:३७
२२ भदौ, काठमाडौं । सरकारले फिल्म हल खोल्न दिन अनुमति दिएसँगै फिल्मीनगरी उत्साहित हुन सकेका छैनन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट विस्तारै जीवनयापन सामान्य हुँदै गर्दा सरकारले अनुमति दिए पनि फिल्म नहुँदा हल सञ्चालनमा आउन सकेका छैनन् ।
रिलिजका लागि तयार फिल्महरूसँग आपसी कुरा नमिल्दा निर्माताहरु अगाडि आउन सकेका छैन । लप्पन छप्पन २, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २ फिल्म प्रदर्शनका लागि तयार छन् । लप्पन छप्पन २ र म यस्तो गीत गाउँछु २ प्रदर्शनको लागि डेट तय गरेर प्रचारप्रसार गरिसकेको भए पनि कोरोना भाइरसको कारण रिलिज हुन सकेको छैन ।
लप्पन छप्पन २ ले कोरोना भाइरसको पहिलो लहर सकिएपछि रिलिजको तयारी गरेको थियो । तर, दोस्रो लहरको कारण त्यो पनि सर्यो । ‘यतिबेला हामी रिलिज गर्ने विषयमा छलफलमै छौँ । तर, निर्णय लिएका छैनौ’, फिल्मका निर्मातामध्येका एक प्रकाश कुँवरले न्युज कारखानालाई बताए । उनले अघिल्लो समयमा पटक–पटक रिलिज डेट हेरफेर भएकाले अब सबैसँग सल्लाह गरेर मात्र रिलिज मिति घोषणा गर्ने बताए ।
‘हामीले प्रचारप्रसार गरेर पनि फिल्म सार्नुपर्यो । कोरोनाभाइरसले महामारीको रूप लियो, त्यसैले अब वितरक र प्रदर्शकसँग छलफल गरेर लिने निर्णय अन्तिम हुनेछ’, उनले भने । नेपाली फिल्मको स्तरोन्नति होस् भन्ने उद्देश्यकासाथ आफ्नो टीम फिल्म निर्माणमा आएको उनले बताए ।
‘हाम्रो फिल्मको बजेट बढी छ , झन् कोरोनाभाइरसको कारणले यसलाई धेरै बढाएको छ’, निर्माता कुँवर भन्छन्, ’हामी राम्रो फिल्म दर्शकसामु ल्याउन तत्पर छौँ ।’ उनले वितरक र प्रदर्शकले साथ दिए आफू र आफ्नो टीम फिल्म रिलिजको लागि तयार रहेको बताए ।
उनी आफ्नो टीमसहित यतिबेला ’एक्स नाइन’को प्रि– प्रोडक्सनमा व्यस्त छन् । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् भने लप्पन छप्पन सिरिजका निर्देशक पनि भट्ट नै हुन् । पैसा, सत्ता र शक्तिको चलखेलका बिषयबस्तु समेटिएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, स्वर्गीय दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय फिल्ममा रहको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
कथा र संवादसमेत निर्देशक भट्ट र सुनिल नेउरेको रहेको फिल्ममा पटकथा अमित शर्माको छ । पुरूषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको फिल्मलाई नेपालीसँगै अन्य भाषामा पनि रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रुपमा छन्, भने सह–निर्मातामा राजीव तामाङ लगायत छन् । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा फिल्म निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार