अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत
नेपालबहस संवाददाता
भदौ २२, २०७८ बुधबार ३:१९:२५
२२ भदाै, अछाम । अछाममा २७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद, साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नम्बर-३ गगुडका अध्यक्ष रामबहादुर साउँद, वडा नम्बर-४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्दप्रकास थारुले जानकारी दिए।
यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ति वोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, नौ जना खुल्ला सदस्य, पाँच जना दलित सदस्य र पाँच जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिए।
अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमा आज सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार