सुवेदीको ‘गहना’ मा नरेन र साया
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार १७:२३:४४
२३ भदौ, काठमाडौं । संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपालमार्फत सार्वजनीक गरेका छन् । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको छ ।
नजिकीदै गरेको हरितालिका तीजलाई मध्येनजर गरिएको ‘गहना’ मा बेरोजगारी, आर्थिक अभाव र सामाजीक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । गहना नहुदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा कृएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार