नदीजन्य सामग्री उत्खननको विरोधमा स्थानीयवासी
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार १९:१६:४२
२३ भदौ, गण्डकी । कास्कीको दक्षिण–पूर्वस्थित पोखरा महानगरपालिका– ३२ को दक्षिण भाग, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ र २ तथा रुपा गाउँपालिका – ५ को पश्चिम भागको फुस्रे, ताल र खुदी खोलाको नदी तट र जलाधार क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने प्रयास भइरहेको भन्दै यहाँका स्थानीयवासीले विरोध गरेका छन् ।
यस वर्षदेखि ताल र खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन तथा बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका कार्य अघि बढाउन थालिएको भन्दै त्यसको जनस्तरबाट विरोध भएको हो । विगतदेखि नै उक्त जलाधारबाट प्रभावित पोखरा–३२ का ढोडबेँसी, मालेपाटन, मालमूल, तल्लो गगनगौँडा गाउँ, रुपा गाउँपालिकाको देउराली फेदी, सहेला गाउँ तथा शुक्लागण्डकीको सेराबेँसी, एक्लेखेत, कोत्रे गाउँ भूक्षय तथा खोलाको कटानलाई नियन्त्रण गर्न प्रयास गर्दै आएको भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिले औपचारिक रुपमा नै सम्बन्धीत निकायमा पत्राचारसहित ध्यानाकर्षण गराएको अध्यक्ष शिवबहादुर थापाले जानकारी दिए ।
“यसै वर्षदेखि ताल, खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन र बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका काम अघि बढाउन खोजिएको भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ”, उनले भने, “नदीजन्य पदार्थ उत्खनन गर्दा जलाधारक्षेत्र छेउछाउका बस्ती अति जोखिममा परी बाढीपहिरोमा बग्ने निश्चित प्रायः छ ।”
समितिले यस सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयसहित सम्बद्ध कास्की र तनहुँका जिल्ला प्रशासन कार्यालय, भूक्षय तथा जलाधार कार्यालय, सम्बन्धित नगरपालिका, प्रहरी कार्यालय आदिमा ध्यानाकर्षणसहित पत्राचार गरिसकेको समितिका सचिव विन्दुराज तिवारीले बताए । यस जलाधार क्षेत्रकै संरक्षणका लागि २०६९ सालमा समिति गठन गरी त्यसयता जलाधार नियन्त्रण एवं संरक्षणका गतिविधिअघि बढाइएको समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए ।
जलाधार क्षेत्रको नदीजन्य पदार्थ उत्खनन गर्दा चाँडै नै यस क्षेत्रका बस्ती सङ्कटमा पर्ने भएका कारण यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार