जनकपुरधाम उपमहानगरपालिकाद्वारा शिक्षा क्षेत्रमा मनपरी खर्च
नेपालबहस संवाददाता
भदौ २३, २०७८ बुधबार १९:२०:०
◊ वीरेन्द्र रमण
२३ भदौ, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा शिक्षा क्षेत्रको अवस्था भद्रगोल देखिएको छ । संविधानमा स्थानीय तहलाई अधिकार दिए पनि शिक्षामा सुधार आउनुको साटो लथालिंग र वित्तीय अनुशासनको आभाव देखिएको छ ।
महालेखापरीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा क्षेत्रको अवस्था निकै दयनीय रहेको उल्लेख छ ।उपमहानगरका दिवा खाजा खर्चमा समेत अनियमितता देखिएको छ ।
पालिकाले ४८ वटा विद्यालयलाई एक करोड ५० लाख ७९ हजार ६ सय ८३ रुपैयाँ निकासा दिएको छ । विद्यार्थीको संख्या, हाजिर भएको दिन र विद्यार्थीलाई खाजा खुवाएको सुनिश्चित हुने प्रमाण पेस गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
कक्षा १ देखि १० सम्म विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तकबापत ७६ लाख रुपैया खर्च गरेको छ । तर सो पाठ्यपुस्तक पाएको वा नपाएको, त्यसको अनुगमनको आभावसमेत देखिएको छ ।
उपमहानगरपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्तिबापत ४९ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ । तर, त्यसको प्रतिवेदनसमेत नपाइएको महालेखाले जनाएको छ । उपलब्ध गराइएको छात्रवृत्तिमा दलित, अपांगता, छात्रछात्रालाई उपलब्ध गराइएको विवतरणसमेत उपलब्ध नभएको महालेखाले औंल्याएको छ ।
अनुदानबापत मदरसालाई उपमहानगरपालिकाले ३६ लाख १५ हजार रुपैयाँ निकासा गरेको छ । उपमहानगरपालिकाले निर्माण काम सम्पन्न नै नभएको अवस्थामा समेत गोगलप्रसाद नमुना माध्यमिक विद्यालयलाई ५१ लाख ५६ हजार नौ सय ९९ रुपैयाँ र यज्ञवल्क्य संस्कृत विद्यालयलाई ४९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको पाइएको छ ।
दुवै विद्यालयले नियमविपरीत कार्य गरेको र महलेखाले विद्यालयको निर्माण कार्यको अनुमगन गर्ने पदाधिकारी तथा विद्यालयलाई कारबाही गर्न सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार
सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरीलाई भने हाइसन्चो
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार