पहिरोले मेलम्चीका दुई गाउँ उच्च जोखिममा
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १८:३०:२९
२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् । बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो ।
वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए । पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरे ।
जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार लागिरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार