नारामा महिला तर पुरुष सधै पहिला : कबिता उप्रेती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १९:३८:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/kabita-scaled-e1631261286964_k2JG52pqLa.jpg)
खुडकिलोको रुपमा रहेको वडा अधिवेशनबाट अबको कांग्रेस नेतृत्वमा जानसक्ने अनुहारहरुको रुपरेखा लगभग तैयार भएको छ। तेह्रौमहाधिवेशन झै चौधौँ महाधिवेशनबाट पनि नेपाली कांग्रेसको राजनीतिलाई ईमानदार, सवल र सक्षम नेतृत्व उत्पादन गर्ने थलोको रुपमा उपयोग गर्न नसक्नु नेपाली कांग्रेसका लागि लाजमर्दो स्थिति हो ।
एकताबद्ध र सवल कांग्रेस भन्दा पनि गुटको राजनीतिलाई गोडमेल गर्दै अगाडि बढने कुविचार र कुसंस्कारको निरन्तरताको रुपमा भित्रीएको गलत अभ्यासका कारण नेपाली जनताले सोचे जस्तो रयुवाहरुले आशा गरे जस्तो नेतृत्व नेपाली कांग्रेसको चौधौं महाधिवेशनले पनि दिन सक्ने आशामा विस्तारै तुषारा पात पर्दै जान थालेको देखिदै छ।
नेपाली राजनीतिको आकाशमा उदाउन खोजेका महिलाहरुको आशाका किरणहरुलाई निमोठदै पुनस् पुरुष नेतृत्वको घनचक्करका कारण पिल्सिदै जाने खतरा नेपाली कांग्रेस चौधौं महाधिवेशनमा पनि कम हुने अवस्था देखिदैन । केहिसिट आरक्षण र केहि सिट संरक्षणमा नेताका गोजीबाट उपहार स्वरूप प्राप्त पार्टीको क्षेत्रीय प्रतिनिधिका रुपमा नेता बनाईनु परेका हामि महिला नेतृहरुकोअवस्था अहिले पनि पुरुष नेतृत्वको दौराको फेर समातेर राजनीतिक नेतृत्वमा आउनुपर्ने अवस्थाले नेपाली राजनीतिमा महिलाहरुको टिठ लाग्दो यथार्थता प्रष्ट रुपमा देखाउदछ।
नेपाली कांग्रेसको महाधिवेशन आफैमा नेतृत्व परिवर्तनको द्वारहो। जुनद्वारबाट वर्षौदेखि स्थानीय तहमा अनुभव र नेतृत्व क्षमताले खारिएका महिलाहरुले प्रवेश पाउनुपर्ने हो तर नेपाली कांग्रेसको पहिलो चरणको वडा अधिवेशनको नतिजाले यसप्रकारको आशामा पुर्णविराम लगाई दिएको छ।
केहि स्थानका वडा सभापतिहरुमा देखिएका युवा अनुहारहरुको फोटो सामाजिक सञ्जालमा पोष्याएर सिङ्गो महिला आन्दोलनको अपमान गर्ने अधिकार पनि नेपाली कांग्रेसको नेतृत्व तहलाई छैन भन्ने कुराको दर्विलो उदाहरण पेश गर्न पनि अब युवा र जुझारु महिलाहरुले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा उम्मेदवारी दिएर पेश हुन जरुरी छ।
एउटा शिक्षकले १० बर्षमा देशका लागि एक योग्य र दक्षशैक्षिक जनशक्ति उत्पादन गर्नसक्छ, एउटा बिश्वबिद्धालयले ६ र ८ बर्षमा दक्ष डाक्टर, ईन्जिनियर, पाईलट, वकिल, प्रशासक र अन्य धेरै शैक्षिक जनशक्ति उत्पादन गर्न सक्छ। एउटा कलाकारले २ र ४ बर्षमा राष्ट्रिय स्तरमा ख्याति कमाउन सक्ने कलाकार उत्पादन गर्न सक्छ, एउटा मजदुर केहिबर्षको दौरानमा बरिष्ठ ज्यामी बन्नसक्छ, एउटा खलासी केहि वर्षमै ड्राईभर बन्न सक्छ तर एउटा राजनीतिज्ञले ५० बर्षमा पनि किन एउटा गतिलो र विश्वाशिलो नेतृत्व उत्पादन गर्न सक्दैन ।
यस विषयमा पनि अबको युवा नेतृत्वले गम्भिर भएर सोच्न जरुरी छ।सधै वुढो रुखको छहारीमा रमाउन खोज्नेहरुले नयाँ बिरुवा रोप्ने प्रयास नगरेको देख्दा दुस्ख लाग्नु अस्वभाविक पनि होईन राजनीतिलाई उजिल्याउन प्रयास गर्ने महिला नेतृहरुले समेत केहि बुज्रुकहरुको फन्को मार्नैपर्ने गणेश प्रवृत्तिका कारण पनि अझै कांग्रेसमा सवल र सक्षम युवा महिला नेतृत्व आउन दशकौ कुर्नुपर्ने अवस्था आँखै अगाडि टट्कारो रुपमा देखिएको छैनर ?
अन्य क्षेत्रमा महिला सधै पहिलाको नारा लगाउनपछि नपर्ने पुरुष जमात राजनीतिमा भने महिला सधै पहिलाको नारा लगाउन अझै पनि हिच्किचाईरहेको देखिन्छ। सधै आफ्नो गुटको टाउको गनेर महिलालाई खोकि लामा राख्ने पुरुष नेतृत्वका बिरुद्धमा आवाज बुलन्द गर्ने शाहसिक महिला नेतृत्वको खडेरी परिरहेको बर्तमान अवस्थामा मतिशाह सिकर बिरङ्गना महिला नेतृहरु मंगलादेबीसिंह, द्वारिका देवि ठकुरानी, नोना कोईराला, शुशिला कोईराला सहितशैलजा आचार्य, समेतलाई जयनेपालको अभिवादनसहित सम्मानका पुष्पगुच्छा अर्पण गर्न चाहान्छु जसले नेपाली राजनीतिको आकाशमा पुरुषले भन्दा बढी राम्रो र विश्वाशिलो राजनीतिक संस्कार छोडेर जान सफल भएका छन्।
त्यसैले अब महिला पहिलाको नारालाई ब्यवहारमा उतार्न हामि महिलाहरुले पार्टीको नेतृत्व तहमा खुलेर उम्मेदवारी दिन जरुरी छ। यसका लागि देशैभरिबाट महिलाहरुले निर्धक्कका साथ प्रतिस्पर्धामा सामेल भएर निष्पक्ष नेतृत्व चयन गर्दै पार्टी नेतृत्वमा महिलाहरूको उपस्थिति बढाउन कम्मर कसेर लाग्न जरुरी छ। कबिता उप्रेती झापा दमकबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि हुन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार