ताप्लेजुङमा साढे २९ हजारले लगाए पूर्ण खोप, ६ हजार दोस्रो डोज लिन बाँकी
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार २१:४७:३८
खगेन्द्र अधिकारी
२५ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा २९ हजार ४ सय ३ जनाले कोभिड १९ संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाएका हुन् । ६ हजार १ सय ४३ जनाले पहिलो डोजमात्र लगाएका छन् ।
सबैभन्दा धेरै १३ हजार ७ सय ४६ जनाले भेरोसिल खोपको दुवै डोज लगाएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । उनका अनुसार ५ हजार ७ सय ५० जनाले एकडोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।
२ हजार १ सय ५९ जनाले कोभिशिल्ड खोप लगाएका छन् । कोभिशिल्डको पहिलो डोज लगाएकालाई लगाउन मिल्ने एस्ट्राजेनेका खोप कोभिशिल्डकै दोस्रो मात्राको रुपमा ७ हजार ९ सय २८ जनाले लगाएका छन् ।
अझै पनि कोभिशिल्डको पहिलो मात्रा लगायका तर दोस्रो मात्रा लगाउनबाट छुटेकाहरुको संख्या धेरै रहेको प्रशासन कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा स्वरुप एस्ट्राजेनेका खोप नलगाएकाको संख्या ४ हजार १ सय ४ जना रहेको छ ।
भेरोसेलको दोस्रो डोल लगाउन बाँकी संख्या १ हजार ६६ रहेको छ । ५ सय ७३ जनाले एस्ट्राजेनेकाको पहिलो खोप लगाएका छन् । तर दोस्रो डोज लगाएका छैनन् । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायकाअनुसार अहिले यहाँ २ हजार ९ सय ९० जनालाई पुग्नेगरी एस्ट्राजेनेका र १ हजार ८८ जनालाइ पुग्नेगरी भेरोसेल खोप मौज्दात रहेको छ । मौज्दात रहेको यो खोप २७(२८ भदौमा दुइदिन फक्ताङ्लुङ र फुङलिङ नगरपालिका क्षेत्रमा बसोबास गर्नेलाई लक्षित गरी लगाइँदैछ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले यसअघि पहिलो मात्रा लगाएका सबैका लागि पुग्नेगरी खोपको दोस्रो मात्रा आएकोले सम्बन्धित खोप केन्द्रमार्फत दोस्रो मात्रा लगाउन आग्रह गरेका छन् ।
पाण्डेले खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइसकेपछि बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा प्रयोग गर्ने गरी निर्णय भइसकेको जानकारी दिए ।
पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुट भएका दोस्रो मात्रा लिन योग्य भएकाहरुलाई प्राथमिकताका साथ दोस्रो मात्रा उपलब्ध गराउने जिल्ला खोप समन्वय समितिले निर्णय गरिसकेको छ । दोस्रो मात्रासमेत लगाएर बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा १८ बर्ष पूरा भएका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र अन्यलाई क्रमैसँग प्राथमिकता क्रममा लगाइने तयारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।
५ प्रतिशतमात्र सक्रिय संक्रमित
ताप्लेजुङमा शुक्रवार अपरान्हसम्ममा सक्रिय कोरोना संक्रमित करिव ५ प्रतिशतमा झरेको छ । अहिले १ सय २७ जना मात्र सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता २ हजार ४ सय ७३ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमित पाथीभरा याङ्वरकमा रहेका छन् । त्यहाँ ६४ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ । आठराइ त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकामा सक्रिय संक्रमित छैनन् ।
जिल्ला अस्पतालमा परीक्षण गराएका ४५ सहित फुङ्लिङ नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् । मिक्वाखोला गाउँपालिकामा ३ जना, फक्ताङ्लुङ र सिरिजंगा गाउँपालिकामा १–१ जना र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार