एकदिवसीय क्रिकेट : नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार २१:५५:२३
२४ भदौ, काठमाडौं । पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरू हुनेछ ।
दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाएका छन् । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले आराम गर्नेछन् । यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने सुरुवाती –११ बाहिर रहनेछन् ।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।
नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।
नेपालले पपुवा न्युगिनीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार