अफगानिस्तानमा विकसित घटनाले नेपालमा सुरक्षा खतरा बढ्नसक्छ : सुरक्षाविद्
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शनिबार ०:१:५५
२५ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा तालिवान शासनको पुनः उदय भएपछि दक्षिण एशियामा सुरक्षा चुनौती थपिएको यथार्थ प्रस्तुत गर्दै उनीहरूले भारतसँगको खुला सिमानाका कारण नेपाल अझ जोखिममा रहेकाले थप सुरक्षा सतर्कता अपनाउन अपरिहार्य भएको उनीहरूले बताए । कूटनीतिक चातुर्य र बौद्धिक परिपक्वताका साथ नेपाल अघि बढ्नुपर्ने उनीहरूको अभिमत थियो ।
‘अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्ती : त्यसको नेपालमा प्रभाव र क्षेत्रीय शान्ति’ विषयमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार, उनीहरूको सुरक्षा अहिलेको पहिलो प्राथमिकताको विषय भएको बताए ।
अफगानिस्तानको अहिलेको स्थितिले नेपालमा समस्या नहोस् भन्नेतर्फ बेलैमा सचेत भएर तदनुरुप रणनीति तर्जुमा गरी अघि बढ्नुको विकल्प नभएको बताउँदै उजले त्यसनिम्ति गृह, परराष्ट्र र सुरक्षा परिषद्बीच समन्वय हुनुपर्ने र खुला सिमानाको निरन्तर अनुगमन आवश्यक छ रहेको बताए ।
पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अफगान मुद्दालाई लिएर दक्षिण एशियाली देशहरूले अनौपचारिक छलफलका माध्यमबाट समान अवधारणा बनाउन जरुरी भएको विचार व्यक्त गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत त्यसलाई अझ सशक्त र सङ्गठित गर्न सकिने बताए ।
पूर्वराजदूत शम्भुराम सिम्खडाले सार्कको सदस्य राष्ट्र अफगानिस्तानको शान्ति, स्थायित्व र समृद्धिका लागि सार्कका अन्य सदस्य देशले सघाउनुपर्नेमा जोड दिँदै त्यहाँको प्रभाव नेपालमा पर्न नदिनेतर्फ सम्बद्ध सबै पक्ष सचेत रहनुपर्ने बताए । “नेपालले बाह्य उपस्थिति र मध्यस्थता बिना नै दशवर्षे द्वन्द्व आफैँ समाधान गरेको अनुभव अफगानिस्तानका लागि उपयोगी हुनसक्छ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार